back

दिल्लीमा २४ घण्टाभित्र कोभिड–१९ सङ्क्रमितको मृत्यु सङ्ख्या १०० भन्दा कम

काठमाडौँ । भारतको राजधानीसमेत रहेको दिल्ली राज्यमा एक दिनमा मृत्यु हुनेको सङ्ख्या अप्रिल १३ पछि पहिलो पटक १०० भन्दा कम रेकर्ड भएको राज्य सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा बताइएको छ ।

यो अवधिमा दिल्लीमा ९४६ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने ७८ सङ्क्रमितको मृत्यु भएको छ ।

भारतको राष्ट्रिय राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रमा समग्र भारतमा जस्तै सङ्क्रमण दरमा निकै कमी आएको बताइएको छ । दिल्लीमा आइतबार निको हुनेको सङ्ख्या एक हजार ८०३ कायम भएको छ । दिल्लीमा सङ्क्रमण दर १।२५ कायम भएको छ ।

दिल्लीमा अहिलेसम्म कूल एक करोड ९२ लाख ३७ हजार ४० व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ भने विगत २४ घण्टामा ७५ हजार ४४० व्यत्तिले परीक्षण गराएका थिए ।
सरकारी तथ्याङ्क अनुसार दिल्लीमा अहिलेसम्म कोभिड सङ्क्रमितको सङ्ख्या १४ लाख २५ हजार ५९२ पुगेको छ । योमध्ये अझै १२ हजार १०० व्यक्ति सक्रिय सङ्क्रमित रहेका छन् । दिल्लीमा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या १३ लाख ८९ हजार ३४१ रहेको छ भने २४ हजार १५१ व्यक्तिले महामारीका कारण ज्यान गुमाएका छन् ।

२०७८ जेठ १६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...