back

बजेट पुर्नविचार हुनुपर्छ, साना लगानीका संचारमाध्यमलाई बेवास्ता गरियोः एफएनजे काठमाडौँ शाखा

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा साना लगानीका संचारमाध्यमलाई सम्बोधन गर्न नसकेको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले सरकारलाई ध्यानाकर्षण गरेको छ । महासंघको काठमाडौँ शाखाले आज एक विज्ञप्ति जारी गर्दै बजेटमार्फत सरकारले नेपाली संचार क्षेत्रका मुद्दालाई सम्बोधन गर्ने प्रयास गरेपनि यो प्रयास अझै अपूर्ण र विभेद्कारी छ रहेको भन्दै आपत्ति जनाएको हो ।

सरकारले सार्वजनिक गरेको वजेटमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका र ती कालखण्डमा नागरिकलाई सुसूचित र सचेत गराउँदै समाज परिवर्तनका पक्षमा शशक्त रुपमा लागि परेका साना लगानीका पत्रपत्रीका तथा स्वरोजगारमुलक संचारमाध्यमका लागि बजेटले कुनै सम्बोधन नै नगरेको महासंघको ठहर रहेको छ ।

विज्ञप्तिमा ‘लोकतन्त्र, शान्ति, स्थिरता र परिवर्तनका पक्षमा उभिएका र उभिदैं आएका यस्ता साना लगानीका स्वरोजगारमूलक संचारमाध्यमलाई बेवास्ता गरेर अघि बढ्न खोज्नु सरकारको गम्भीर कमजोरी हो । कोभिड–१९ को महामारीका कारण गम्भीर संकट खेपीरहेका यस्ता संचारमाध्यमको संरक्षणका लागि बजेटमार्फत कुनै पनि व्यवस्था नगर्नुले यी क्षेत्रमा कार्यरत संचारकर्मीहरुलाई थप निराश बनाएको छ । सरकारी तवरबाट योजनावद्ध रुपमा चालिएको यो कदम सच्याउन हामी सरकारसँग विशेष आग्रह गर्दछौं । सरकारसँग यस्ता साना लगानीका सञ्चारमाध्यमहरुको संरक्षण तथा प्रवद्र्घनका लागि ठोस योजना ल्याउन पनि हामी विनम्रतापूर्वक आग्रह गर्दछौं ।’ भनि उल्लेख गरिएको छ ।

यसैगरी लोककल्याणकारी विज्ञापन वापत उपलब्ध गराइने रकमको १० प्रतिशत रकम पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थाका विषयमा साना तथा स्वरोजगारमूलक संचार माध्यमका हकमा पुर्नविचार गर्न र प्रदेश सरकार र स्थानीय तहलाई पनि आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा साना लगानीका संचारमाध्यमको संरक्षण र प्रवद्र्घनका लागि विशेष राहत प्याकेज घोषणा गर्न समेत महासंघले आग्रह गरेको छ ।

२०७८ जेठ १६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...