back
himalayan life

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र अन्य गरगहना तथा नगद गरेर दुई करोड मुल्य बराबरको सम्पत्ती नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले बरामद् गरेको छ ।

तीन महिना अघि (फागुन १३ गते) भारतको दिल्ली स्थित राजेन्द्रनगरका संजयकुमार माखीजाको घरबाट करोडौंको धनसम्पति चोरी गरेर बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतसहितको टोली फरार थियो ।


प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीका अनुसार संजयकुमार मखजीले नेपाल प्रहरीमा उजुरी गरेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो ।

सो क्रममा प्रहरीले उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले बताए ।

‘लामो अनुसन्धानपछि उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेका हौं,’ शाहीले भने, ‘गरगहना र नगद उनीहरुले आफन्तको घरमा राखेका थिए । अहिले बरामद् गरेर उजुरीकर्तालाई बुझाएका छौं’, शाहीले जानकारी दिए । पक्राउ परेका तीन जनाबाट गरगहनासहित दुई करोड सात लाख बरामद गरिएको शाहीले बताए ।

प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्ला प्रहरी कार्यालयसंग साझेदारी गरेर अनुसन्धान गरिएको थियो । हालसम्म हिरामोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा समेत गरी दुई करोड १० लाख भन्दा बढि मूल्य बराबरको सामान बरामद् गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डिआइजी ओमबहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार तीन जनाबाट नेपाली रुपैयाँ एक करोड ३४ लाख पर्ने १२ वटा घडी, ४३ लाख ३३ हजार १४५ बराबरको विभिन्न सुनका गरगहना, १५ लाख ५६ हजार बराबरको हिरा र सुनका रिङ, दुई लाख १५ हजार ५३० का चाँदीका गरगहना तथा तीन लाख बराबरको सुन बरामद गरिएको छ । यस्तै, १२ लाख ९० हजार नेपाली रुपैयाँ समेत उनीहरुको साथबाट बरामद गरिएको रानाले जानकारी दिए । बरामद गरिएको नगद र विभिन्न देशका मुद्रा सम्बन्धीत व्यक्तिलाई बुझाइएको छ ।

मुख्य आरोपी अझै फरार
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार चोरीमा संलग्न मुख्य आरोपी भने अझै फरार छन् । हाल बरामद् गरिएको सम्पत्ति भन्दा अझै धेरै चोरीको सम्पत्ति ती व्यक्तिसँग हुने अनुमान प्रहरीले गरेको छ ।

‘हामी मुख्य आरोपीको खोजी गरिरहेका छौं,’ प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीले भने, ‘अनुसन्धान जारी रहेको छ, सायद छिट्टै ती व्यक्ति पनि समातिन सक्छन् ।’ मुख्य आरोपी भनिएका व्यक्तिको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राज्यले गरिखाने श्रमिक वर्गहरुमाथि गरिएको हेपाइले आत्मदाहको प्रयासमा पुर्यायो : युनियन

राज्यले गरिखाने श्रमिक वर्गहरुमाथि गरिएको हेपाइले आत्मदाहको प्रयासमा पुर्यायो : युनियन

वि.सं.२०८३ असार २६ शुक्रवार १३:१९

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेक्रममा...

मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

वि.सं.२०८३ असार २५ बिहीवार १९:२६

मुगु । मुगु जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ को असार...

नेपाली स्टार्टअपलाई विश्वमञ्चमा पुर्‍याउने महाअभियान: ब्रिटिश कलेज र क्यान महासंघको ऐतिहासिक साझेदारी

नेपाली स्टार्टअपलाई विश्वमञ्चमा पुर्‍याउने महाअभियान: ब्रिटिश कलेज र क्यान महासंघको ऐतिहासिक साझेदारी

वि.सं.२०८३ असार २५ बिहीवार १८:०२

काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक...

विदेशी सम्बन्धनका कलेजमा सरकारको कडाइ

विदेशी सम्बन्धनका कलेजमा सरकारको कडाइ

वि.सं.२०८३ असार २५ बिहीवार १७:५७

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम...

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

वि.सं.२०८३ असार २५ बिहीवार १७:५५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या,...

काठमाडौंमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुँदै

काठमाडौंमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुँदै

वि.सं.२०८३ असार २५ बिहीवार १७:५३

काठमाडौं । ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ...