back

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ । ती जहाजहरूले आइआरजीसीको समन्वय र अनुमति लिएर सुरक्षित रूपमा मार्ग प्रयोग गरेको बताइएको छ ।

आइआरजीसीको आधिकारिक समाचार माध्यममार्फत जारी वक्तव्यमा तेल ट्यांकर, व्यापारिक तथा कन्टेनर जहाजहरू जलमार्ग पार गरेको उल्लेख गरिएको छ । ती जहाजहरूको सुरक्षाको जिम्मा आइआरजीसी नौसेनाले लिएको पनि जनाइएको छ ।

आइआरजीसी नौसेनाले अमेरिका विरुद्धको आक्रमण पछि क्षेत्रमा उत्पन्न असुरक्षाको अवस्थालाई ध्यानमा राख्दै होर्मुज जलमार्ग स्मार्ट नियन्त्रण कायम गरिएको दाबी गरेको छ ।

नौसेनाका अनुसार मंगलबारदेखि शनिबारसम्म कुल ११७ वटा जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन् । साथै, जलमार्ग पार गर्नुअघि जहाजहरूले आफ्नो बलसँग समन्वय र अनुमति लिन अनिवार्य रहेको आइआरजीसीले स्पष्ट पारेको छ ।

इरानका सर्वोच्च नेताका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले आइतबार होर्मुज जलमार्गको व्यवस्थापन इरानको कानुनी अधिकार भएको बताएका छन् । उनका अनुसार यो कदम स्वतन्त्र व्यापार रोक्न नभई राष्ट्रिय सुरक्षाका लागि सम्भावित सैन्य आक्रमण रोक्न लक्षित छ ।

त्यस्तै, इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले जलमागर्डको अवस्था युद्धअघिको जस्तो पूर्ण रूपमा नफर्किने बताएका छन् । उनले हाल उक्त क्षेत्र इरानको नियन्त्रणमा रहेको र युद्ध अन्त्य भएपछि जहाज आवतजावत सहज बनाउन सकिने बताएका छन् । रेजाईले इरानको युरेनियम संवद्र्धन कार्यक्रम कुनै पनि हालतमा वार्ताको विषय बन्न नसक्ने उल्लेख गर्दै अमेरिका इरानका शर्त स्वीकार गर्न बाध्य हुने दाबी गरेका छन् ।

इरानले फेब्रुअरी २८ देखि होर्मुज जलमार्ग मार्ग आफ्नो नियन्त्रण थप कडा बनाएको हो। सोही दिन अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इरानले अमेरिका तथा इजरायलसँग सम्बन्धित जहाजहरूको सुरक्षित आवतजावतमा प्रतिबन्ध लगाएको थियो।

यसैबीच अमेरिकाले पनि जलडमरूमध्य क्षेत्रमा नौसैनिक नाकाबन्दी कायम गर्दै इरानी बन्दरगाह आउने–जाने जहाजहरूको आवतजावतमा अवरोध सिर्जना गरिरहेको बताइएको छ । सीसीटीभी

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो

प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो

वि.सं.२०८३ साउन १२ मंगलवार १७:५८

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहलाई छिमेकी मुलुक भारत भ्रमणको औपचारिक निम्तो...

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

वि.सं.२०८३ साउन १२ मंगलवार १६:०६

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक...

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२५

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून...

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:११

सोलुखुम्बु । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली...

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

वि.सं.२०८३ साउन ११ सोमवार २२:३४

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रस्थित कमेरोटार जग्गा एकीकरण...

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...