back

समितिमा बजेटबारे छलफल, वैदेशिक ऋणबारे चर्को बहस

nactional life

काठमाडौं । शुक्रबार बसेको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा छलफल गरिएको छ । बैठकमा अर्थ मन्त्रालयसँग बजेटका सम्बन्धमा छलफल भएको हो ।

छलफलमा बोल्दै पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले वैदेशिक ऋण ३० प्रतिशतले बढाउने भन्ने कुरा विश्वास गर्ने कसरी भन्दै प्रश्न गरे । उनले विदेशी अनुदान नै २२.९ प्रतिशतले बढाउने भनेपनि हिजो त्यो अनुसारको प्रतिफल प्राप्त गर्न नसकेकाले असम्भव जस्तै भएको बताए ।

उनले भने, ‘अनुदान नै २२.९ प्रतिशतले बढाउने भन्या छौं । वैदेशिक ऋण ३० प्रतिशतले बढाउने भन्या छौं । जब की हामीले हिजो त्यो अनुसारको प्रतिफल प्राप्त गरेकै छैनौं । अब यत्रो ठूलो वृद्धि हुन्छ भनेर विश्वास गर्ने कसरी ? यो सम्भव नै छैन ।’

साथै उनले अहिले जुन अन्तर्राष्ट्रिय परिवेश छ त्यसले अर्थतन्त्रमा थप जटिलता थपेको बताए । उनले १९ खर्व प्लसको बजेट प्रस्तुत गरिएको छ त्यो विदेशी सहयोग यत्रो ठूलो मात्रामा बढ्ने कुनै सम्भावना नरहेको बताए ।

‘वैदेशिक अनुदान नै २२.९ प्रतिशत बढ्छ भनेर अहिले जुन बजेट प्रस्ताव गर्नु भएको छ । १९ खर्व प्लसको बजेट प्रस्तुत गर्नु भएको छ । अब राजश्व चाँही १०.३ प्रतिशत र आन्तरिक ऋण ८.३ प्रतिशतले बढाउने भन्नु भएको छ । अब विदेशी सहयोग यत्रो ठूलो मात्रामा बढ्ने कुनै सम्भावना छैन,’ उनले भने । छलफलमा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सांसद ज्ञानेन्द्र शाही, सूर्य बहादुर थापालगायतले धारणा राखेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...