back

नेप्सेका सीईओ र स्टक ब्रोकरबीच भेट, ६५ लाख लगानीकर्तालाई टीएमएस मोबाईल एपमा जोड्न माग

nactional life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले बधाई दिएको छ ।

एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । उक्त भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गरेका थिए ।

‘अहिले पुँजी बजारमा ६५ लाख लगानीकर्ता पुगिसकेका छन्,’ भेटमा उनले भने, ‘उनीहरुले बर्षौदेखि टीएमएसको मोबाईल एप नहुँदा समस्या भोग्दै आएका छन् । तसर्थ यसलाई तत्काल कार्यान्यनमा ल्याउनु पर्छ ।’ साथै तत्काल टीएमसको मोबाइल एप कार्यान्यनमा ल्याएर लगानीकर्तालाई सहजिकरणका साथै उनीहरुको हितमा काम गर्न आग्रह गरे ।

 

उक्त बधाई तथा भेटघाट कार्यक्रममा नवनियुक्त सीईओ आफु निजी क्षेत्रबाट आएकाले उनीहरुको समस्याहरू राम्ररी बुझेको उल्लेख गर्दै केही नयाँ सुधारका काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

‘मैले नेप्सेको गतिविधिबारे दैनिक रूपमा जानकारी लिइरहेको छु,’ उनले भने, ‘निकट भविष्यमा तपाईहरुले देख्नेगरी सुधारका कामहरु अघि बढाउने छु ।’

बधाई कार्यक्रममा ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, सचिव विनय पौडेल, कार्यसमिति सदस्य विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव, प्रियन्सु अग्रवाल लगायतको उपस्थिति थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...