back
Naima

विश्वभरका विद्यार्थीलाई नेपाल घुम्न प्रोत्साहित गरिरहेका छौं : धिरज कंडेल

काठमाडौं । बसन्तकालिन हिमाल आरोहणको मौसम सुरु भएको छ । आरोहणको मौसम सुरु भएसँगै धेरै बाह्य र आन्तरिक पर्यटनहरुहरुको संख्या पनि बढ्दो छ । पर्यटन विभागले आरोहणका लागि अनुमति दिइरहेको छ ।

यसै सन्दर्भमा पर्यटन व्यवसायी एवम ट्रेकमी नेपालका प्रमुख कार्यकारी निर्देशक धिरज कडेलले सगरमाथा, अन्नपूर्ण बेसक्याप जस्ता ठाँउहरु अन्य देशमा नभएको भन्दै हामीसँग भएका प्रकृतिक स्रोत र साधनहरुलाई विश्वलाई देखाएर देशले फड्को मार्ने बताए । उनले नेपालको जस्तो आतिथ्यता, प्राकृतिक सौन्दर्यता अन्य मुलुकमा नभएको भन्दै यसलाई पनि प्रवद्र्धन गर्नुपर्ने बताए ।

उनले भने, ‘सगरमाथा, अन्नपूर्ण बेसक्याप अन्य देशमा छैनन् । हामीसँग भएका प्रकृतिक स्रोत र साधनहरुलाई विश्वलाई देखाएर आयआर्जन गर्न सकिन्छ । क्यानाडा, बेलायत, यूएस, अष्ट्रेलियाहरुमा राम्रो शिक्षा भएका देश भएकाले विद्यार्थीहरुलाई नेपाल घुम्न जान प्रोत्साहन गरिरहेका छौं,’ उनले अगाडि भने,‘नेपालको आतिथ्यता, प्राकृतिक सौन्दर्यता अन्य मुलुकमा छैन् । त्यही भएर देशलाई पनि प्रवद्र्धन गरिरहेका छौं । पर्यटन क्षेत्रलाई अझ व्यवस्थित गर्ने हो भने विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । देशको लागि फड्को मार्ने योभन्दा उत्तम बाटो अर्को छैन् ।’

कतिपय मुलुकहरुसँग नेपाल सिधै आउनको लागि हवाई सेवा नभएको भन्दै सिधै हवाई सेवा हुने हो भने धेरै विदेशी पर्यटक भित्र्याउन सजिलो हुने उनको भनाई छ । शैक्षिक परामर्शदाता समेत रहेका उनले विकासको नाममा बाटो खन्ने कामले टे«किङ् स्थलहरु विनाश भएको दुखेसो गरे । त्यसैले सरकारी तहबाट सुधार भयो भने नेपालमा टे«किङ् र टुरिज्मको धेरै राम्रो सम्भावना रहेको बताए ।

उनले भने, ‘अहिले विश्व तापक्रमको कुरा आइरहेको छ । विकासको नाममा विनाश पनि भइरहेको छ । पहिलाको टे«किङ् स्थलहरुमा गाडी गुडाइएको छ । त्यसकारण पहिलाको जस्तो रमाइलो नहुन सक्छ त्यसैले संरक्षण भने गर्नुपर्छ । टे«किङ् स्थलहरुलाई जस्ताको त्यस्तै छोड्नुपर्छ । विकासको नाममा बाटो खन्ने काम गर्नु हुँदैन् । सरकारले अझै राम्रो तरिकाले यसलाई व्यवस्थापन गर्नुपर्छ । सरकारी तहबाट केही कुराहरु भयो भने नेपालमा टे«किङ् र टुरिज्मको धेरै राम्रो सम्भावना छ ।’

नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्त कतै नभएको भन्दै नेपालको हरेक ठाँउ पर्यटकीय स्थल बन्न सक्ने पनि उनको भनाइ छ । आफ्नो ट्रेकमी नेपाल नामक कम्पनीले ट्रेकिङका दर्जनौं प्याकेजहरु तयार गरेर विदेशी पर्यटकलाई नेपाल भ्रमण गराइरहेको जानकारी समेत गराए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

वि.सं.२०८३ साउन २८ बिहीवार १०:५८

काठमाडौँ। नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

वि.सं.२०८३ साउन २८ बिहीवार १०:२५

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

वि.सं.२०८३ साउन २६ मंगलवार १८:०८

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार...

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:३१

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

आन्तरिक उडानको भाडा बढ्यो

आन्तरिक उडानको भाडा बढ्यो

वि.सं.२०८३ साउन १९ मंगलवार १९:१४

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २०...