back

हेटौँडा सिमेन्ट उद्योग पुनः उत्पादन सुरु गर्ने तयारीमा

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने तयारीमा रहेको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णले जानकारी दिए ।

‘उद्योगको मेसिन पुरानो र बिग्रिसकेकाले त्यसलाई मर्मत सम्भार गर्न केही समय लाग्यो’, निमित्त महाप्रबन्धक कर्णले भने, ‘स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ मेसिन जडान गर्नपुर्ने देखिन्छ तर आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नदेखिएपछि मर्मत गराएका छौँ ।’

यसबाट तत्काल सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ । उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको छ ।
‘अहिले हामीसँग करिब एक सय टन कोइला छ’, निमित्त महाप्रबन्धक कर्णले भने, ‘अरु कोइला भोलिदेखि आउने भएको छ, त्यसैले कच्चा पदार्थको खासै समस्या हँुदैन ।’ कोइलाको पुरानो भुक्तानी हुन नसकेकाले कम्पनीसँग कुराकानी गरी उद्योग सञ्चालन गर्न कोइला पठाउन तयार भएको उनले बताए ।

उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् ।

वि.सं. २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायतका कारण उद्योग बन्द भएको थियो ।
एक पछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेश्रो साताबाट पुनःसिमेन्ट उत्पादन सुरु गरेपनि मेसिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेदेखि उद्योग बन्द भएको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योग आर्थिक समस्यालगायतका कारण थलिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

वि.सं.२०८३ असार २४ बुधवार १७:५०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३४

काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी...

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४३

लिस्बन । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...