back
himalayan life

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवद्र्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताए । उनले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारे ।

उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा.घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको थियो ।

निजी क्षेत्रसम्बद्ध उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका प्रमुख तथा पदाधिकारीहरूसँग भएको उच्चस्तरीय छलफलबाट मुलुकको उद्योग व्यवसाय प्रवद्र्धन, लगानीका लागि वातावरण सुधार, सरकार र निजी क्षेत्रबीचको सहकार्यसहित निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पब्लिक लिमिटेडमा जाँदै ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता

पब्लिक लिमिटेडमा जाँदै ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता

वि.सं.२०८३ असार २४ बुधवार १७:३८

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईजी सोलार लिमिटेड पब्लिक...

चन्द्रागिरी हिल्सको ९ महिनाको व्यापार साढे ४५ करोड, प्रतिकूलताका बीच व्यवसाय लयमा फर्किँदै

चन्द्रागिरी हिल्सको ९ महिनाको व्यापार साढे ४५ करोड, प्रतिकूलताका बीच व्यवसाय लयमा फर्किँदै

वि.सं.२०८३ असार २४ बुधवार ११:५४

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२÷८३ को...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

वि.सं.२०८३ असार २४ बुधवार ११:४३

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ...

सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

वि.सं.२०८३ असार २३ मंगलवार १२:४५

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ...

नौं सय रुपैयाँले घट्यो सुनको मूल्य 

नौं सय रुपैयाँले घट्यो सुनको मूल्य 

वि.सं.२०८३ असार २२ सोमवार ११:४२

काठमाडौं । नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य नौं सय रुपैयाँले...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २२ सोमवार १०:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...