back

‘विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गरेको आरोप’

nactional life

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले नेपालको औद्योगिक क्षेत्रमा संधै लोडसेडिङको अवस्था भएपनि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गरेको आरोप लगाएको छ ।

आइतबार सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले पत्रकार सम्मेलन गर्दै नेपालको औद्योगिक क्षेत्रमा संधै लोडसेडिङ भइरहेको भएपनि प्राधिकरणले लोडसेडिङको सूचनासहितको तालिका नदिएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘संघहरुले नेपाल विद्युत प्राधिकरणले मिति २०७५ बैशाख ३१ गते सार्वजनिक सूचना प्रकाशित गरी नेपालमा भइरहेको लोडसेडिङलाई औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ मुक्त गरेको घोषणा गर्दा उद्योगहरुमा आवद्ध उद्योगीलगायतका सबै नेपालीहरु अत्यन्तै खुशी भएका थियौं । र नेपाल विद्युत प्राधिकरणलाई धेरै धेरै धन्यवाद समेत दिएका थियौं । तर उक्त लोडसेडिङ अन्त्यको सूचना यथार्थपरक र सत्य नभइ जन मानसको ध्यान आफूप्रति आकर्षित गर्न अथवा झुटो विषयलाई सत्य हो भनी स्थापित गर्न गरिएको एउटा असत्य र झुटको खेती प्रपञ्च मात्र रहेछ ।’

यस्तो छ संक्षिप्त विज्ञप्ती
१. हामी सबैका घरमा नेपाल विद्युत प्राधिकरणले २०७३ कार्तिकदेखि नै लोडसेडिङ नगरेको अथवा विद्युत निरन्तर प्राप्त भएको हो । त्यस पहल र व्यवस्थापनका लागि हामी सबैले राम्रै मानेका थियौं र छौं । तर उक्त घर घरमा विद्युत दिँदा नेपालका प्राय सबै ठूला उद्योगहरुलाई लोडसेडिङ गरेर घरमा वत्ति दिइएको हो । नकी प्राधिकरणको नेतृत्वले चमत्कार गरेर विद्युत दिइएको होइन र छैन ।

२. २०७५ साल बैशाखमा औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ अन्त्य भयो भनिएको भएता पनि २०७५ सालदेखि नै हरेक पटक उद्योगहरुमा २०७५ साल, २०७६ साल, २०७७ साल, २०७८ साल, २०७९ साल,२०८० साल र २०८१ सालमा हरेक महिनामा २ घण्टा ४ घण्टा, ६ घण्टा ७, ८, १० घण्टा गर्दै आएकोमा हाल २०८१ चैत्र देखि दैनिक १२ घण्टा वा सो भन्दा बढि पनि खास गरी ठूलो क्षमतामा २४सैं घण्टा विद्युत आवश्यक पर्ने उद्योगहरुलाई विना सूचना लोडसेडिङ गरिएको छ । हाल पनि लोडसेडिङ भैरहेको छ । तर नेपाल विद्युत प्राधिकरण लोडसेडिङ गरेको छु भन्न सक्दैन, भन्दैन, तालिका माग्दा लोडसेडिङ नै छैन भन्ने झुठो र भ्रामक प्रचारबाजीमा लागि रहेका छन् । हामी अधिकांश मानिसलाई भ्रम सिर्जना गरेको त्यो गलत र असत्य विषयलाई सत्य हो भनी मानि रहेका छौं । यो गलत हो भन्ने कुरा तथ्य तथ्यांक र प्रमाणले पुष्टि गरेर देखाएको छ । हामी पिडामा छौं । त्यही गलत सूचनालाई गलत तथ्य तथ्याँक र भ्रामक छन् भनी जानकारी दिन आज यो संयुक्त पत्रकार सम्मेलन गरेका हौं ।

३.सिमेन्ट उद्योग, स्टिल उद्योग र धागो लगायतका २४ सैं घण्टा विद्युत आवश्यक पर्ने उद्योगहरुमा अघोषित लोडसेडिङ भई रहेको थियो र छ । लोडसेडिङ अन्त्य भयो भने पछि पनि हरेक बर्ष पौष माघदेखि जेष्ठको अन्त्यसम्म करिव ६ महिना पुरै लोडेडिङ गरिएको विषय प्रष्ट छ । हाम्रो प्रथम मारा वत्ति २४ सैं घण्टा दिनुहोस, बत्ति माग बमोजिमको वा उद्योगका लागि आवश्यक पर्ने क्षमतामा दिनुहोस ।

४. प्राधिकरण भन्छ दिउँसो पुरै विद्युत दिएका छौं। रातीमा काटेका छौं । त्यसलाई लोडेडिङ होइन भन्छ । हाम्रो उद्योगहरु आधा समय चलाउने आधा समय बन्द गर्न मिल्दैन । २४ सै घण्टा नचलाउने हो भने हाम्रा सबै उद्योगहरुले काम गर्न छोड्छन् ति मेशिनरी कवाडीमा परिणत हुन्छन् । कस्तो बाध्यता । प्राधिकरणले कुरा नबुझेको होइन । गलत र भ्रामक प्रचारवाजी गरेर देशबाटै उद्योग धन्दा हटाउन खोजेको त होइन रु प्रश्न गर्ने र उसको उदेश्य बुझ्नु जरुरी भएको छ ।

५. हामी उद्योगी व्यवसायीहरुको धर्म नेपालको संविधान, ऐन, कानून, नियम, निर्देशनको मातहतमा रही उद्योग संचालन गर्दा नियमानुसारको कर, राजस्व, महसुल, रोयल्टी, शुल्क लगायतका रकमहरु सरकारी निकायहरुमा भुक्तानी गरी उद्येश्य अनुसार उद्योग संचालन गरी आएका छौं । रोजगारी सिर्जना गर्नु, राजस्व तिर्नु, आयात प्रतिस्थापन गर्नु, निर्यात प्रर्बद्धन गर्नु औद्योगिक उत्पादनमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी राज्यका लागि योगदान दिनु कुनै अपराध गरेको त होइन रु तर हामी उद्योगीहरुलाई किन यसरी लखेटिन खोजिएको छ । यो गम्भिर विषय हो । यस विषयमा सम्बन्धित सरोकारवाला राज्यको निकायहरुको गम्भिर ध्यानाकर्षण तत्काल गराउन चाहान्छौं। निर्वाध रुपमा २४ सै घण्टा माग बमोजिमको विद्युत आपूर्ति गर्न वा बत्ति दिन नसक्ने हो भने औपचारिक रुपमा यि यि फलाना फलाना उद्योगहरुमा हामीले लोडेडिङ गरेका छौं भनी पब्लिकलाई समेत सूचना गर्न प्राधिकरण लगायतका निकाय समक्ष हार्दिक अनुरोध गर्दछौं ।

६. अर्को गम्भिर विषय हालै प्राधिकरणबाट प्रकासन र प्रशारण गरिएको छ । घरायसी लाईनमा लोडेडिङ हुंदैन । उद्योगहरु खास गरी ढंक लाईन र डेडिकेटेड लाइनवालाहरुको वत्ति थप कटौती गरेर मानिसका घरमा वत्ति दिन्छौं भन्नु भएको छ । यसरी मुख्य सिजनमा विद्युतको कटौती १२, १२ घण्टा भई रहेको छ । थप कति घण्टा हुने हो रु यसरी उद्योग व्यवसाय कसरी संचालन गर्न सकिन्छ रु त्यस तर्फ नेपाल सरकार, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरण समेतलाई सादर अनुरोध गर्दछौं ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३४

काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी...

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४३

लिस्बन । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

बर्दघाट लगानी फोरम सम्पन्न, ‘एसएमइ भिलेज’ समुन्नत नवलपरासीको आधार बन्ने विश्वास

बर्दघाट लगानी फोरम सम्पन्न, ‘एसएमइ भिलेज’ समुन्नत नवलपरासीको आधार बन्ने विश्वास

वि.सं.२०८२ फागुन १५ शुक्रवार १२:१५

काठमाडौं । बर्दघाटमा आयोजित लगानी फोरममा सहभागी उद्योगी–व्यवसायीहरूले बर्दघाट एसएमइ...

झापाको पहिचान भक्का : जीविकोपार्जन राम्रो माध्यम बन्दै

झापाको पहिचान भक्का : जीविकोपार्जन राम्रो माध्यम बन्दै

वि.सं.२०८२ माघ २७ मंगलवार १२:३८

दमक। पूर्वी नेपालको झापामा मौलिक परिकार भक्का प्रसिद्ध छ ।...