back

एसईई परीक्षा : परीक्षार्थीले बोकेका १२ सय ३३ थान मोवाइल बरामद

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका ४ सय ६९ थान मोवाइल बरामद गरिएको छ ।

विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोबाइल लुकाइ छिपाइ परीक्षा हलभित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला पारी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार एक प्रेस नोट जारी गर्दै उक्त जानकारी दिएको हो ।
परीक्षा हलभित्र गार्डको रूपमा खटि आफ्नो जिम्मेवारी कुशलपूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए ।

उनका अनुसार पक्राउ परेकाहरु सग आवश्यक अनुसन्धान कार्य भै रहेको छ । प्रहरीले कुन/कुन परीक्षा केन्द्रबाट गार्डलाई नियन्त्रणमा लिएको खुलाएको छैन । परीक्षा संचालन भएको तीन दिनको अबधिमा १२ सय ३३ थान मोवाइल बरामद भैइसकेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।


आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

वि.सं.२०८२ जेठ १० शनिवार ०६:४४

काठमाडौं । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार...

आज पाचँवटा समितिको बैठक बस्दै

आज पाचँवटा समितिको बैठक बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार १०:२२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१५

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

नेविसंघको आयोजनामा ल क्याम्पसमा निःशुल्क तयारी कक्षा संचालन

नेविसंघको आयोजनामा ल क्याम्पसमा निःशुल्क तयारी कक्षा संचालन

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:१६

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा काठमाडौंको नेपाल ल...

आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्’

आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्’

वि.सं.२०८२ जेठ ६ मंगलवार १२:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको...

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, छलफल आजबाट

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, छलफल आजबाट

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:४३

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को...