back
Naima

स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि आबद्ध भयो कनेक्ट आईपीएस र एनपीआईमा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध भएको छ । डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी बैंक उक्त सेवामा आवद्ध भएको हो ।

नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गर्नको लागि साझेदारी सम्झौता भएको छ ।

परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक  तथा वित्तीय संस्थामा रेहेको खाताबाट कनेक्ट आईपीएस मार्फत् एससीबीएनएलमा रहेको खातामा अन्लाईन फण्ड ट्रान्स्फर गर्न सकिन्छ ।

एससीबीएनएल र एनसीएचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा  आइतवार आयोजित भर्चुअल समारोहमा सदस्यता सम्झौता कार्यान्वयन भएको हो ।

एससीबीएनएल र एनसीएचएल बीच यस सहकार्यले ग्राहकहरूलाई अन्लाईन भुक्तानीमा थप सहयोग पुर्‍याउने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुने विश्वास लिइएको छ ।

यसले एससीबीएनएलका ग्राहकहरूले कनेक्ट आईपीएस मार्फत सोझै आफ्नो खातामा रकम प्राप्त गर्न सक्नेछन् ।

दोस्रो चरणमा, एनपीआईका सेवाहरूलाई एससीबीएनएलका एसटूबी र मोबाइल बैंकिङ्ग लगायतका च्यानलहरूमा विस्तार गरिने छ, जस अन्तर्गत एससीबीएनएलका ग्राहकहरूले अन्य बैंक र वित्तीय संस्थाहरूलाई पनि रकमान्तर गर्न सक्नेछन् ।

त्यसैगरी अन्तिम चरणमा, एससीबीएनएलले आफ्ना ग्राहकहरूलाई कनेक्ट आईपीएसमा आफ्नो बैंक खाता लिङ्क गराई भुक्तानीहरू सिधै आईपीएस प्लेटफर्मबाट गर्न सक्ने सेवा पनि उपलब्ध गराउने छ ।

१५ ओटा शाखा, मुलुकभर रहेका २६ ओटा एटीएम तथा ५३१ जनाभन्दा बढी स्थानीय कर्मचारीहरु रहेका उक्त बैंकले वृहत राष्ट्रव्यापी संजाल मार्फत् मुलुक भित्र तथा बाहिर आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

२०७८ जेठ ९ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...