back
Naima

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्पो सुरु हुन अब दुई दिन बाँकी रहँदा अधिकांश तयारी अन्तिम चरणमा पुगेको हो ।

नाइमा एक्स्पो तयारी समितिका सदस्य निराकर श्रेष्ठले कुराकानीमा व्यवस्थापन पक्ष तथा विभिन्न प्रदर्शकका तर्फबाट स्टल निर्माणलगायतका काम तीव्र गतिमा भइरहेको बताए। उनले भने, ‘तयारी अब जोडतोडका साथ भइरहेको छ । व्यवस्थापन पक्षबाट गर्नुपर्ने सबै काम भइरहेको छ र एक्जिबिटरहरूको साइडबाट पनि आ–आफ्नो स्टल तीव्र गतिमा तयार गर्ने काम भइरहेको छ । अहिलेको तयारी र प्रगति हेर्दा समयभन्दा अगाडि नै सबै स्टलहरू तयार भएर पूर्ण रूपमा आगन्तुकलाई स्वागत गर्न रेडी हुनेछौँ भन्ने आशा राखेका छौँ।’

श्रेष्ठका अनुसार हालसम्म एक्स्पोमा राखिने स्टलहरूको करिब ५० देखि ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । एक्स्पो सुरु हुन अझै दुई दिन बाँकी रहेकाले बाँकी काम पनि निर्धारित समयभित्रै पूरा हुने उनले बताए ।

‘स्टलहरू अहिलेको अवस्था हेर्दा लगभग ५० देखि ६० प्रतिशतसम्म कम्प्लिट भएको देखिन्छ। हामीसँग अझै दुई दिन समय छ । अटो शोको डेट आउन बाँकी रहेकाले समयभित्र सम्पूर्ण काम सकिएर तयारी हुन्छ,’ श्रेष्ठले भने।

एक्स्पोमा आउने आगन्तुकको सहजताका लागि पार्किङ व्यवस्थापनमा समेत यसपटक विशेष ध्यान दिइएको आयोजकले जनाएको छ । भृकुटीमण्डप परिसरमा रहेको पार्किङलाई व्यवस्थित गर्नुका साथै भृकुटीमण्डप एक्जिबिसन एरियाको पारिपट्टि रहेको नेपाल पुलिस क्लब क्षेत्रको भूमिगत पार्किङसमेत प्रयोगमा ल्याइने श्रेष्ठले बताए ।

‘पार्किङमा हामीले पहिलाभन्दा धेरै सुधार गरिसकेका छौँ । थप रूपमा भृकुटीमण्डप एक्जिबिसन एरियाको पारिपट्टि नेपाल पुलिस क्लबको भूमिगत पार्किङको एरिया पनि लिएका छौँ। त्यसकारण पार्किङ पहिलेभन्दा धेरै इम्प्रुभ भएको पाउनुहुनेछ,’ उनले भने।

यसपटकको एक्स्पोको मुख्य आकर्षणका रूपमा नयाँ मोडलका गाडी तथा मोटरसाइकल रहने आयोजकले जनाएको छ । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा विभिन्न ५५ वटा ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिनेछन्। त्यसमध्ये करिब ४० वटा नयाँ मोडल सार्वजनिक तथा लन्च हुने श्रेष्ठले बताए ।

आगन्तुकलाई लक्षित गर्दै आयोजकले डिजिटल टिकटको समेत व्यवस्था गरेको छ । डिजिटल टिकटले गर्दा अधिकतम ५० प्रतिशतसम्म क्यासब्याक पाउन सकिने व्यवस्था गरिएको श्रेष्ठले बताए।

त्यसका साथै एक्स्पोमा विभिन्न फुड कोर्ट तथा बेभरेज एक्सपिरियन्सको व्यवस्था गरिएको छ । सवारीसाधनको अवलोकनसँगै खानपिन तथा मनोरञ्जनको अनुभव लिन सकिने गरी पारिवारिक वातावरण तयार गर्न खोजिएको आयोजकको भनाइ छ ।

यो नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण हो । गत वर्षको पहिलो संस्करणमा पाएको सफलतालाई निरन्तरता दिँदै यसपटक थप नयाँ मोडल र ब्रान्डलाई सहभागी गराइएको श्रेष्ठले बताए।

एक्स्पोमा सवारीसाधनको प्रदर्शनी तथा नयाँ मोडलको लन्चिङसँगै अटोमोबाइल उद्योगसँग सम्बन्धित सूचना तथा ज्ञान आदानप्रदानका कार्यक्रमसमेत आयोजना गरिनेछ। यस्ता कार्यक्रमले विद्यार्थी, अटोमोबाइल इन्थुजियास्ट तथा उद्योगका विभिन्न सरोकारवालालाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ ।

गत वर्ष एक्स्पोमा एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेको आयोजकले जनाएको छ । यसपटक भने गत वर्षभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य राखिएको श्रेष्ठले बताए ।

आयोजकका अनुसार नयाँ मोडलका सवारीसाधनको लन्चिङ, विभिन्न ब्रान्डको सहभागिता, डिजिटल टिकटमा क्यासब्याक, फुड कोर्ट तथा उद्योगसम्बन्धी ज्ञान आदानप्रदानका कार्यक्रम यसपटकको एक्स्पोका प्रमुख आकर्षण हुनेछन्।

स्टल निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगिसकेकाले निर्धारित समयमै एक्स्पो पूर्ण रूपमा सञ्चालनका लागि तयार हुने आयोजकको विश्वास छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:१८

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना...

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

वि.सं.२०८३ साउन २४ आइतवार १८:५८

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक...

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १८:४०

काठमाडौं। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार १७:२९

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...

नाइमा मोबिलिटी एक्स्पोमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

नाइमा मोबिलिटी एक्स्पोमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

वि.सं.२०८३ साउन २४ आइतवार १२:०५

काठमाडौं । नेपाली बजारमा टीभीएसको पावरफुल प्रिमियम स्कुटर एनटर्क १५०...