back
Naima

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना हुन गइरहेको नाइमा अटो शो २०२६ को अवसरमा टोयोटा नेपालले ग्राहकहरूका लागि विशेष छुट तथा आकर्षक अफर सार्वजनिक गरेको छ।

अटो शो अवधिभर टोयोटाका सवारी साधन बुकिङ गर्ने ग्राहकहरूले न्यूनतम रु. ३ लाखदेखि अधिकतम रु. २१ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। यो विशेष छुट योजना प्रदर्शनी अवधिमा गरिने बुकिङहरूमा मात्र लागू हुने कम्पनीले जनाएको छ।

टोयोटाका लागि यस वर्षको नाइमा अटो शो थप विशेष र महत्त्वपूर्ण रहने भएको छ। कम्पनीले सोही प्रदर्शनीमार्फत नेपाली बजारमा आफ्ना दुई नयाँ मोडलहरू औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ मोडलहरूको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत र व्यापक बनाउँदै ग्राहकहरूलाई नवीन प्रविधि, उत्कृष्ट गुणस्तर र उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने टोयोटाको लक्ष्य रहेको छ।

नगद छुटका अतिरिक्त टोयोटा नेपालले बुकिङकर्ताहरूका लागि रोमाञ्चक ड्राइभ कार्यक्रमहरूको समेत घोषणा गरेको छ। अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत छनोट हुने एक जना भाग्यशाली विजेताले जोडीका रूपमा “Elite Explorers Kanya Kumari Drive” मा सहभागी हुने अवसर पाउनेछन्। साथै, प्रदर्शनीमा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई टोयोटाको “Community Drive” मा सहभागी गराइनेछ।

टोयोटा नेपालका अनुसार यो विशेष अफर केवल गाडी बिक्री र छुटमा मात्र सीमित नभई ग्राहकहरूलाई बचत, नयाँ उत्पादन, यात्राको रोमाञ्च र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले ल्याइएको हो। कम्पनीले अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुने नाइमा अटो शो २०२६ मा सहभागी भई टोयोटाका नयाँ तथा पुराना मोडलहरूको प्रत्यक्ष अवलोकन गर्न र बम्पर छुट तथा विशेष सुविधाहरूको लाभ लिन सम्पूर्ण ग्राहक तथा अटोप्रेमीहरूलाई आग्रह गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:००

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा...

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

वि.सं.२०८३ साउन २४ आइतवार १८:५८

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक...

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १८:४०

काठमाडौं। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार १७:२९

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...

नाइमा मोबिलिटी एक्स्पोमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

नाइमा मोबिलिटी एक्स्पोमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

वि.सं.२०८३ साउन २४ आइतवार १२:०५

काठमाडौं । नेपाली बजारमा टीभीएसको पावरफुल प्रिमियम स्कुटर एनटर्क १५०...