बिहीबार नेप्से २.७० अंकले घटेर २८१८.४३ अंकमा
कारोबार रकम भने बढेको छ
वि.सं.२०८१ फागुन २२ बिहीवार
काठमाडौं । बिहीबार नेप्से २.७० अंकले घटेर २८१८.४३ अंकमा बन्द भयो। आजसहित बजार लगातार चौथो दिन घटेको हो । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। यसअघि बजार निरन्तर ९ दिन बढेको थियो ।
आज ३ सय ८ कम्पनीको २ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९६ करोड ७० लाख कारोबार सहित हिमालयन रिइन्सुरेन्स पहिलो स्थानमा छ ।
दोस्रोमा नेपाल पुनर्बिमा कम्पनी र तेस्रोमा सगरमाथा जलविद्युत कम्पनी छ।
बिहीबार एक करोड ९० लाख कित्ता शेयर १० अर्ब १० करोड रुपैयाँमा किनबेच भए। बुधवार १० अर्ब ९ करोडको शेयर किनबेच भएको थियो ।
बिहीबार गर्डियन माइक्रो इन्स्योरेन्स र भूगोल इनर्जी १० प्रतिशतले बढेका हुन्।
प्रकाशित समय : १६:४८ बजे





















