back
Naima

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन पुनः घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ८.१४ अंक घटेर २७२८.०३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ५८ हजार ३९१ पटकको कारोबारमा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँबराबरको ९२ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्ताकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक १३.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिटि होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ६३ लाख ४३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सकाे साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने बुंगल हाइड्रोको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...