back

सहकारी तथा लघुवित्त पीडिहरुले चैत १७ गतेदेखि निर्णायक आन्दोलन गर्ने

nactional life

काठमाडौं । वित्तिय शोषणविरुद्ध विभिन्न नौं वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् ।  विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहित निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तिय शोषण गर्ने संस्थाहरुलाई कारवाही पनि नगर्ने र पीडितहरुलाई न्याय पनि नदिएको भन्दै आक्रोष व्यक्त गरे ।

विभिन्न पीडित संगठनहरुको संयुक्त आन्दोलन अबको समयमा निर्णायक बन्ने विश्वास लिदै भने,‘मैले पीडितको पक्षमा आन्दोलन गर्दैगर्दा देशद्रोहीलाई जस्तै ब्यावहार गरियो, राज्यबाटै हत्याको प्रयास भयो । शरीर पीडितहरुका लागि भयो, मारे भने मेरो लास सिंहदरबारको गेट अगाडि जलाइदिनु, मलाई मार्ने जनविरोधीलाई पनि ज्यूँदो नछाड्नु ।”
लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु न्यायका लागि निरन्तर संघर्षमा रहँदा पनि सरकारले नसुनेको र उल्टै पीडितहरुलाई नै दमन गर्न थालेको भन्दै आक्रोष व्यक्त गरे ।

आफूहरुको संगठनसहित विभिन्न संगठनहरुको संयुक्त लडाइँले सरकारलाई जसरी पनि घुँडा टेकाएर न्याय खोसेरै छाड्ने उद्घोष गरे ।

वित्तिय पीडतहरुको आन्दोलनलाई साथ दिने प्रतिबद्धता जाहेर गर्दै पूर्व आईजीपी सर्बेन्द्र खनालले सबै किसिमका वित्तिय पीडितहरु एक ठाउँमा आउन आग्रह गरे । सहकारी, लघुवित्त तथा मिटरब्याजीलगायतका सबै पीडतहरुको न्यायको बाधक सरकार नै भएको खनालले आरोप लगाए ।

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले पीडतहरुको न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनिहरुलाई भुक्तानी गर्ने तथा अपचलन गर्ने संस्था र व्यक्तिलाई कारवाहीको दायरामा ल्याएर असुल गर्न सकिने सुझाव दिए । डा.भण्डारीले वित्तियि शोषणकर्ताहरुलाई संरक्षरण गर्ने नेता, पार्टी तथा सरकारी उच्च ओहोदामा भएका व्यक्तिहरुलाई नागरिक विरोधीको घोषणा गर्नुपर्ने सुझाब दिए । भण्डारीले काठमाडौंमा हुने निर्णायक आन्दोलनमा उपत्यका बाहिरबाट आउने आन्दोलनकारीहरुमध्ये पाँचजना जतिलाई खाना र बस्ने व्यवस्थापन आफ्नै घरमा गर्ने घोषणासमेत गरे । उनले आन्दोलन समयभरी काठमाडौंमा बसोवास गर्ने पीडतहरुले पनि आफ्नो घरमा पाँच पाँच जनाको दरले व्यवस्थापन गर्न सुझाए ।

सत्य र न्यायको खोजि अभियानका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता धुर्बलाल श्रेष्ठले सहकारी तथा लघुवित्त शोषणविरुद्धको आन्दोलनलाई राजधानी केन्द्रीकृत बनाउनु पर्ने सुझाए । श्रेष्ठले आवश्यक परे आफूले आफ्नो ल फर्मलाई पीडितहरुलाई आन्दोलनको समयमा बस्नका लागि व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार तथा अवकास प्राप्त उपरथि होमनाथ दवाडीले वित्तिय समस्याबाट प्रताडित जनताको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता जाहेर गरे ।
मिसन नेपालका अध्यक्ष तथा अवकास प्राप्त डिएसपी कृष्ण प्रसाद शर्माले अहिलेका नेताहरुको कारण देशको विश्वमा बेइजत भएको बताउँदै भने,‘डोनाल्ड ट्रम्पले ठगको देश, भारतले भिखारीको देश र चीनले भ्रष्टाचारीको देश भनेर दुत्कारीरहेका छन्, यसको दोषी यी नेताहरु ।’

लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले ३८ महिनादेखि निरन्तर संघर्ष गर्दा पनि नसुन्नुले सरकार पीडकको पक्षमा रहेको पुष्टि भएको बताए ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान९महासंघ०का केन्द्रीय कोषाध्यक्ष देव कुमार श्रेष्ठले सहकारीमा रहेको जनताको खर्बौंको निक्षेप सरकारको संरक्षणमा पीडकहरुले पचाउने षड्यन्त्र भएको आरोप लगाए ।

वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका संयोजक रमेश तामाङ्ले आफूरुले अब निर्णायक आन्दोलन गर्ने बताए । उनले मिटरब्याजी समस्या अहिले पनि यथावथ रहेकाले मिटरब्याजी जाली तमसुकहरु रद्द गरेमात्रै पीडितले न्याय पाउने बताए ।

संयुक्त उद्योगी व्यवसायी तथा कृषक संघका संयोजक आरबी सदा शंकरले राष्ट्र बैंकको गलत नीतिका कारण आफूलगायत पीडितहरुलाई १० करोडको जग्गा ३ करोडमा लिलाम गराई रोडमा पुर्याएको गुनासो गरे ।

सो आन्दोलनमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ), लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति, मिसन नेपाल, पूर्व सुरक्षा परिषद् नेपाल, वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, संयुक्त उद्योगी व्यवसायी तथा कृषक संघ, वैदेशीक रोजगारी ठगी विरुद्ध आन्दोलन्, कृष किसान महासंघ, यातायात मजदुर व्यवसायी पीडत महासंघ गरेर ९ वटा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघको नामबाट संयुक्त र निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ...

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा...