एक हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
वि.सं.२०८१ माघ ४ शुक्रवार
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य निरन्तर बढी रहेको छ ।
सुन आज एकैदिन तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ८९० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : १०:३८ बजे





















