साताको पहिलो कारोबार दिन २५ अंकले घट्यो शेयर बजार, कारोबार रकम ४ अर्ब
वि.सं.२०८१ पुस २८ आइतवार
काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
आज ३०१ कम्पनीको ८० लाख २१ हजार ६ सय ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
४३ कम्पनीको शेयर मूल्य बढ्दा १९४ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मल्य स्थिर रहेको छ ।
आइतबर एनआरएन इनफ्राष्टकचर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ४१ लाख ५३ हजार बढी संकलन भएको छ । कम्पनीको शेयर प्रतिकित्ता १ हजार १ सय १४ रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा धेरै फाइनान्स समूह ३.६० प्रतिशत अर्थात् १०९.२५ अंक घटेको छ ।
विकास बैंक समूह पनि १.६० प्रतिशत, हाइड्रोपावर १.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३६ प्रतिशत, व्यापार समूह १.१० प्रतिशत घटेका छन् ।
आइतबार २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रकाशित समय : १५:२२ बजे





















