back

साताको दोस्रो कारोबार दिन ४९.१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ६ अर्ब ३० करोड

काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार सबै उपसूचकहरु हरीयाली भएका छन् । आज ३१२ कम्पनीको १ अर्ब ५४ हजार ६१ सय २ सय ६४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २२६ कम्पनीको शेयर मूल्य बढ्दा १२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मल्य स्थिर रहेको छ ।

त्यस्तै एनआएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको सर्वाधिक कारोबरा भएको छ । कम्पनीको २९ करोड ९ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको शेयर प्रतिकित्ता १ हजार ९० रुपैयाँ रहेको छ ।

सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने साहस उर्जा र माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ।

उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, आज साहस उर्जा र पिपुल्स हाइड्रोपावर कम्पनीको साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने दोल्ती पावर कम्पनीको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

विकास बैंक, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...