back

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँको आधिकारिक रुपमा नेपालमा डेब्यू

काठामाडौं। ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रुपान्तरण भएको घोषणा गरेको छ ।

यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ । काठमाडौँ सहरको मुटुमा अवस्थित यस होटलले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्दछ ।

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंले आधुनिक यात्रुहरूलाई नेपालको राजधानी, काठमाडौँको सारलाई अनुभव गर्न स्वागत गर्दछ र आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरुको जीवन्त मिश्रण प्रदान गर्दछ । यस होटलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्यहरू तथा रमाइलो र जानकारीमूलक अनुभवहरूको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउँछ ।

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं होटलको प्रत्येक कुनाले काठमाडौँ सहरको कथाहरु व्यक्त गर्दछ । ‘विस्तृत पुनःनिर्माण तथा नवीकरण पश्चात्, हामी ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौंको सांस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौं’,‘सिटि होटलका कार्यकारी संचालक अक्षय गोल्याणले भने‘ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको छ, र यात्रुहरुलाई कुनै अनुभवको कमी हुन नदिनको लागि आधुनिक स्थानीय स्थान प्रदान गर्दछ ।’

जीवन्त लबी

लबीलाई यात्रुहरुलाई स्वगत सत्कार गर्ने, खुला सामाजिक स्पेसको रुपमा प्रस्तुत गरी खोजीको केन्द्रको रुपमा पुनःपरिकल्पना गरिएको छ । होटलको प्रवेश द्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्वहरू र मूर्तिहरू राखि डिजाइन गरिएको छ । मैत्रीपूर्ण र जानकार कर्मचारीहरूले अतिथिहरूलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पु¥याउन आफ्ना स्थानीय ज्ञान बाड्न सदैव तयार छन् ।

पुनर्जीवित इभेन्ट स्पेसहरु

८ हजार ६०० वर्ग फिटभन्दा बढीको आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहरू खानपान सेवा, सुविधाहरू सहित उपलब्ध छ । अतः १० देखि ६०० व्यक्ति अटाउने यी स्थानहरु बैठक, विवाह, र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त छन् । यी सबै स्थानहरु अतिथिहरूको आवश्यकता अनुकूल बनाउन मिल्दछ ।

सेंट्रिक लाउन्जः सेंट्रिक लाउन्ज जीवन्त कम्युनिटि बार हो जहाँ स्थानीयहरू र अतिथिहरूले विशेषज्ञतापूर्वक तयार गरिएको कफी, सिग्नेचर ककटेल, र स्थानीय स्वादले प्रेरित परिकारहरूको साथमा रमाउन सक्दछन्।

खानपान र पेय अनुभवहरू
नूनः पुरा दिन संचालन हुने रेस्टुरेन्ट– जसले स्थानीय स्वादको तड्का मिसिएका विश्वभरबाट प्रेरित परिकारहरू सरलता र वास्तविकतालाई पेश गर्दछ ।

जिङ स्काई पूल बार र डेकः

काठमाडौंको शानदार दृश्यहरू तथा स्थानीय र अन्तर्राष्ट्रिय प्रभावबाट प्रेरित मेनु सहितको एक आधुनिक पूलसाइड ।

आराम र रोमाञ्च दुवैको अनुभवः

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंको १५३ कोठाहरू उपयोगिता र आकर्षणका लागि डिजाइन गरिएको छ। यस होटल अतिथिहरूलाई निःशुल्क वाइफाइ तथा आवश्यक सबै कुरा सजिलै उपलब्ध गराउने मनसायले बनेको छ ।

“अतिथिहरूलाई तथा वल्र्ड अफ हयात सदस्यहरूलाई नेपालको पहिलो हयात सेन्ट्रिक ब्राण्डको होटलमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौं। हाम्रो लक्ष्य काठमाडौंको सारलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्नु हो,“ हयात सेन्ट्रिक सोल्टीमोड काठमाडौंका महाप्रबन्धक वरुण तलवारले भने,‘मिहिन डिजाइन देखि नवीन पाककला प्रस्तुत गरी हामी प्रत्येक यात्रीको रोमान्चक यात्राको सुरुवात बिन्दु बन्न चाहन्छौं।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...