back

एनपीएलमा कर्णालीसँग हारेसँगै बाहिरियो चितवन

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

बुधवार भएको इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा आजै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र जोड्न सक्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगिताको तेस्रो अर्धशतक उनले ३२ बलमा पुरा गरे । अर्धशतक बनाएका बोपारा नन्दन यादवको बलमा गुलशन झाबाट समातिए ।

कप्तान कुशल मल्लले २४ बलमा १ छक्काको सहयोगमा २१ रन जोड्दै विपिन शर्माको बलमा बोल्ड आउट भए । ल्युक बेनकिस्टेन १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन जोडे । उनी जिशान मक्शुदबाट बोल्ड आउट भए । दोस्रो विकेटका रुपमा विपिन रावल १० बलमा ४ चौकाको सहयोगमा १८ रनमा जोड्दै आउट भएका थिए । विपिन सोमपाल कामीको बलमा गुलशन झाबाट समातिएका थिए ।

पहिलो ओभरको पाँचौ बलमा हसन इसाखिल १ रन जोड्दै आउट भए । इसाखिल कर्णालीका कप्तान सोमपाल कामीको बलमा गुलशन झाबाट समातिएका थिए । सन्तोष कार्की ८, अमरसिंह राउटेला ९ तथा सोहेल तन्भिर ४ रनमा आउट भए । शरद भेषवाकर १० रनमा नट आउट रहे ।

कर्णालीका लागि जिशान मक्शुदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा बुधवार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो ।

कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । एनपिएल डेब्यु खेल खेलिरहेका कोल्सावालाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । अर्धशतक बनाए लगत्तैको अर्को ओभरमा कोल्सावाला रवि बोपाराको बलमा शरद भेषवाकरद्वारा समातिए ।

विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे । अर्धशतक बनाए लगत्तै बोसिस्टो सोहेल तन्भिरको बलमा बोल्ड आउट भए । उनले यस अघि लिग चरणको खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए ।

चौधौं ओभरको चौथो बलमा गुलशन झा रनको खाता नखोल्दै कप्तान कुशल मल्लको बलमा बोल्ड आउट भए । चितवनका लागि तन्भिरले २ तथा बोपारा, शरद र कुशलले समान १ विकेट लिए । लिग चरणको खेलमा पनि कर्णालीले चितवनलाई पराजित गरेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१३

  काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स...

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२१

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।...

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:१४

काठमाडौं । रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि...

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका...

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले...

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

वि.सं.२०८१ चैत १९ मंगलवार १०:४९

काठमाडौ। तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो...