साना किसान विकास लघुवित्तले १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने
वि.सं.२०८१ मंसिर १७ सोमवार
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १३.३० प्रतिशत बोनस शेयर रहेको छ । कम्पनीको ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ।
प्रकाशित समय : ११:१५ बजे






















