काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन नगरपालिका–४, पटौना टोलमा सदस्यलाई रु। ३ लाख ७५ हजार बराबरको बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी गरेको छ ।
संस्थाको शाखा कार्यालय नयारोड सर्लाहीअन्तर्गत केन्द्र नं. ३० की सदस्य लिलि माया मिरिचिङ्गका श्रीमान् कृष्ण बहादुर कार्कीको निधनपछि उक्त सुविधा उपलब्ध गराइएको हो ।
सदस्यले संस्थाबाट रु. ३ लाख ७५ हजार कर्जा लिएकोमा बीमा सुविधाअन्तर्गत सम्पूर्ण साँवा तथा ब्याज मिनाहा गरिएको र थप काजक्रिया खर्चबापत रु.२५ हजार समेत गरी कुल रकम भुक्तानी गरिएको शाखा प्रबन्धक अर्चना भट्टराईले जानकारी दिइन् ।
संस्थाका अनुसार बीमा योजनामार्फत कर्जा लिने सदस्यको आकस्मिक मृत्युको अवस्थामा परिवारलाई आर्थिक राहत प्रदान गर्दै ऋण दायित्व समेत हटाउने व्यवस्था गरिएको छ । यसले संकटका बेला सदस्य तथा उनीहरूको परिवारलाई ठूलो सहारा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा शाखा प्रबन्धक अर्चना भट्टराई, कर्मचारी सिमा कार्की तथा स्थानीय सदस्यहरूको उपस्थिति रहेको थियो । उपस्थित सदस्यहरूले कठिन समयमा संस्थाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।






















