back

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्दै सफलतापूर्वक सम्पन्न भएको छ ।

तीन दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण खम्बाको रूपमा रहेको छ । समयसँगै कम्पनीले बीमाको दायरा फराकिलो बनाउँदै, जोखिम व्यवस्थापनको क्षमता विस्तार गर्दै र ग्राहक सेवामा नवीनता थप्न सफल भएको छ ।

कम्पनीले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ । व्यक्तिगत बीमा अन्तर्गत सवारी साधन बीमा, व्यक्तिगत दुर्घटना बीमा र यात्रा बीमा रहेका छन् भने कर्पोरेट बीमा अन्तर्गत भबन बीमा , उधोग , समुन्द्रिक , हवाई र इन्जिनियरिङ बीमा सेवा समावेश छन् । त्यसैगरी कृषि बीमा अन्तर्गत गाईवस्तु र बाली बीमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बीमा को दावी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको छ ।

कम्पनीले हालै सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र स्ट्राटेजिक पार्टनरशिप अफ द इयर–नेपाल’ गरी दुई प्रतिष्ठित अवार्डहरू जित्न सफल भएको थियो ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा आफ्नो विचार व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, “हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दशकको यात्रामा नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको छ । हाम्रो उद्देश्य ग्राहकहरूलाई छिटो र विश्वसनीय सेवा प्रदान गर्दै नेपालको अर्थतन्त्र र पूर्वाधारको विकासमा योगदान पु¥याउनु हो । यो अवसरमा हामी सबै ग्राहक, कर्मचारी र साझेदारहरूलाई धन्यवाद दिन चाहन्छौं जसको योगदानले हामी ३१औँ वर्ष पूरा गर्न सफल भएका छौँ ।”

त्यसैगरी कम्पनीका फाउन्डिङ एमडी एबम् अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले पनि यस अवसरमा आफ्नो विचार राख्दै भने, “यस ३१ वर्षको यो महत्वपूर्ण उपलब्धि केवल समयको उत्सव मात्र नभई हिमालयन एभरेष्ट इन्स्योरेन्स परिवारको अथक मेहनत र समर्पणको प्रमाण हो, हाम्रा ग्राहकवर्गको हामी माथिको विश्वास र सम्पूर्ण साझेदारहरूको समर्थनको प्रमाण हो । अब भविष्यतर्फ अघि बढ्दै गर्दा हाम्रो ध्यान ग्राहकहरूलाई थप मूल्य प्रदान गर्ने, प्रविधिगत क्षमताहरूलाई सुदृढ गर्ने र नेपालको आर्थिक तथा सामाजिक विकासमा अर्थपूर्ण योगदान पु¥याउनमा केन्द्रित रहनेछ । हामी व्यक्ति तथा व्यवसायहरूलाई सशक्त बनाउनका लागि आत्मविश्वास प्रदान गर्ने हाम्रो लक्ष्यलाई निरन्तर कायम राख्ने प्रतिबद्धतामा दृढ छौं ।”

कम्पनीले आगामी वर्षहरूमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...