back

निरन्तर तेस्रो कारोबार दिन नेप्से परिसूचक १८८ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

nactional life

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक १८८ अंक घटेर २६७५.५१ विन्दुमा झरेको छ।

आज हाज सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा आज ३ सय २० स्टकको ५५ हजार २ सय ३८ पटकको कारोबार हुँदा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.५५ प्रतिशत घटेको छ। त्यसैगरी, नेपाल फाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत घटेको छ।

आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको ३५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको करिब २४ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । त्यसैगरी, आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ। आज विकास बैंक, वित्त, जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति

गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१०

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको...

शेयर बजार चार दिन बन्द, अब साेमबार मात्रै खुल्ने

शेयर बजार चार दिन बन्द, अब साेमबार मात्रै खुल्ने

वि.सं.२०८३ जेठ १३ बुधवार १७:२५

काठमाडौं । शेयर बजार अब लगातार चार दिन बन्द हुने...

बजेट अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक

बजेट अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक

वि.सं.२०८३ जेठ १३ बुधवार १७:११

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनु अघिको...

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३९

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...