राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत
वि.सं.२०८१ असोज २२ मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्तको लाभांश स्वीकृत गरेको छ ।
आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश बैंकले स्वीकृत दिइएको हो ।
राष्ट्र बैंकले लघुवित्तलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्न स्वीकृती दिएको हो।
आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रकाशित समय : १०:३९ बजे





















