ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा
वि.सं.२०८१ असोज २२ मंगलवार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
असोज २१ गते सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रकाशित समय : १०:२९ बजे





















