back

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् ।

उनले आज नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्मित ४०० केभीको सबस्टेसन र विश्व बैङ्कको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गयो । नेपालको सबैभन्दा ठूलो ढल्केवर सबस्टेसन ४०० केभीको ‘जिआइएस’ प्रविधिबाट निर्माण गरिएको छ । उक्त सबस्टेसनबाट बर्सातको समयमा नेपालबाट भारतमा विद्युत् निर्यात र हिँउदमा भारतबाट नेपालमा विद्युत् आयात गरिँदै आएको छ ।

निरीक्षणका क्रममा मन्त्री खड्काले ढल्केवरबाट हेटौँडा जोड्ने प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक खपत बढाउनुपर्ने बताए ।

सङ्खुवासभामा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ढल्केवर सबस्टेसन हुँदै भारतको सीतामणी जोड्नका लागि प्रसारण लाइन निर्माणको काम भइरहेको छ । यस्तै, सोही सबस्टेसनबाट मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवा सबस्टेसन जोड्नेगरी प्रसारण लाइन तथा सबस्टेसन निर्माणको काम भइरहेको ढल्केवर ग्रिड महाशाखा प्रमुख विनोद लोहनीले जानकारी दिए ।

मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले सबस्टेसनको निरीक्षण गरेका थिए ।

nactional life
Corporatebazar 11 Anniversary

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४३

काठमाडौं । नेपाल विश्वमै प्रचुर जलस्रोतको धनी राष्ट्र भएपनि यसको...

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:०१

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको...

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:५३

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी...

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:५५

बाजुरा । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा.) को....

सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित, तर कार्यान्वयनमा तीव्रता आवश्यक : इप्पान अध्यक्ष कार्की

सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित, तर कार्यान्वयनमा तीव्रता आवश्यक : इप्पान अध्यक्ष कार्की

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:३१

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा ऊर्जा...

सरकारको १० वर्षे महत्त्वाकांक्षी योजना : साढे २४ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

सरकारको १० वर्षे महत्त्वाकांक्षी योजना : साढे २४ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

वि.सं.२०८३ वैशाख १४ सोमवार १२:१०

काठमाडौँ । नेपाल सरकारले आगामी १० वर्षभित्र मुलुकको ऊर्जा क्षेत्रमा...