सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा
वि.सं.२०८१ असोज ७ सोमवार
काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।
प्रकाशित समय : १७:१४ बजे




















