सांसदको अभिव्यक्तिले शेयर बजारमा २ खर्बकाे क्षति, सम्बन्धित व्यक्तिबाट क्षतिकाे रकम असुल उपर गराउन लगानीकर्ताकाे माग
संयुक्त प्रेस विज्ञप्ती पढ्नुहोस् ।
वि.सं.२०८१ साउन २३ बुधवार
काठमाडौं । सार्वजनिक पद धारण गरेका जनताका प्रतिनिधित्व गर्ने सांसदहरुले संसदमा शेयर बजारको सम्बन्धमा दिएको अभिब्यक्ति प्रति शेयर बजारका लगानीकर्ताले खेद प्रकट गरेका छन् ।
पूँजी बजारमा संलग्न विभिन्न संस्थाहरुले शेयर बजारमा दवाव सिर्जना गर्ने अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरेका हुन् ।
सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुबाट आएको यस्ता अभिब्यक्तिबाट बजारको दुई खर्ब क्षति भएको आरोप छ । उक्त क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउने पर्ने उनीहरुको माग रहेको छ ।
शेयर बजारमा चलखेल भएको भए सुक्ष्म अध्ययन गरी छानविन गर्नुपर्ने हुन्छ । कानुन विगतरित कारोबार भएको रहेछ भने साथ दिन तयार छौ । तर बिना आधार संवेदनशिल क्षेत्र बजारको विषयमा अभिव्यक्ति दिनेको विरुद्ध लगानीकर्ता एक जुट हुनपर्ने उनीहरुको धारणा छ ।

प्रकाशित समय : १२:१९ बजे





















