back

१ अर्ब १० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक ,यस्ता छन् शर्तहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । जसका लागि राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर उल्लेख गरि आवेदन दिन अनुरोध गरेको छ ।

राष्ट्र बैंकले उक्त रकम मध्ये वाणिज्य बैंकमा ८८ करोड, विकास बैंकमा १६ करोड ५० लाख र फाइनान्स कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । हाल पेन्सन कोषमा रहेको उक्त रकम भदौ ५ गतेदेखि चैत ९ गतेसम्म ७ महिनाका लागि निक्षेपमा राख्ने तयरी राष्ट्र बैंकले गरेको हो ।

जसका लागि योग्य बैंक तथा वित्तीय संस्थाले साउन २४ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । जसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको विभिन्न शर्तहरु तोकेको छ ।

यस्ता छन् शर्तहरु

क. बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको ।

ख. बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको ।

ग. निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको ।

घ. खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेको ।

ङ. कर्जा र स्वदेशी निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।

च. निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको ।

छ. लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत उक्त संस्थामा कायम नरहेको । यदि, कायम नै रहेको अवस्था रहेमा जरिवाना भुक्तान गरेको मितिले ६ महिना समय अवधि पूरा भएको ।

ज. शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको ।

झ. नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको ।

ञ. समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको ।

ट. सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको । प्रस्ताव गरेको ब्याजदर माथि उल्लिखित लगानी गरिने मितिसम्म मान्य हुनेछ । त्यस बैंक र विकास बैंक र वित्तीय संस्थाको ब्याजदर परिवर्तन सम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।

 


तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:२८

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

वि.सं.२०८२ वैशाख १० बुधवार १५:११

काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो...

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

वि.सं.२०८२ वैशाख ९ मंगलवार १७:३८

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक...

कर्जाको ब्याज साढे २६ प्रतिशतले घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ  ?

कर्जाको ब्याज साढे २६ प्रतिशतले घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ  ?

वि.सं.२०८२ वैशाख ९ मंगलवार १२:२९

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याज साढे २६...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...