back

१ अर्ब १० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक ,यस्ता छन् शर्तहरु

nactional life

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । जसका लागि राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर उल्लेख गरि आवेदन दिन अनुरोध गरेको छ ।

राष्ट्र बैंकले उक्त रकम मध्ये वाणिज्य बैंकमा ८८ करोड, विकास बैंकमा १६ करोड ५० लाख र फाइनान्स कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । हाल पेन्सन कोषमा रहेको उक्त रकम भदौ ५ गतेदेखि चैत ९ गतेसम्म ७ महिनाका लागि निक्षेपमा राख्ने तयरी राष्ट्र बैंकले गरेको हो ।

जसका लागि योग्य बैंक तथा वित्तीय संस्थाले साउन २४ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । जसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको विभिन्न शर्तहरु तोकेको छ ।

यस्ता छन् शर्तहरु

क. बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको ।

ख. बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको ।

ग. निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको ।

घ. खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेको ।

ङ. कर्जा र स्वदेशी निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।

च. निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको ।

छ. लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत उक्त संस्थामा कायम नरहेको । यदि, कायम नै रहेको अवस्था रहेमा जरिवाना भुक्तान गरेको मितिले ६ महिना समय अवधि पूरा भएको ।

ज. शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको ।

झ. नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको ।

ञ. समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको ।

ट. सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको । प्रस्ताव गरेको ब्याजदर माथि उल्लिखित लगानी गरिने मितिसम्म मान्य हुनेछ । त्यस बैंक र विकास बैंक र वित्तीय संस्थाको ब्याजदर परिवर्तन सम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ जेठ १८ सोमवार १७:५३

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा...

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

वि.सं.२०८३ जेठ १८ सोमवार १६:३९

नेपालगञ्ज (बाँके) । कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता...

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

वि.सं.२०८३ जेठ १८ सोमवार १०:५६

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने...

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु...

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३०

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई...

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

वि.सं.२०८३ जेठ १८ सोमवार १०:२२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी...