back
himalayan life

सहकारीको संस्थागत पुनःसंरचनाले मात्रै समस्या हल हुन्छ

काठमाडौँ । वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनःसंरचना गर्नुपर्ने वक्ताहरुले सुझाएका छन् ।

शनिबार यहाँ सहकारी केन्द्र नेपालले आयोजना गरेको ‘सहकारी अभियान, सङ्कटका कारण र अबको बाटो’ विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुले कानुनी तथा नीतिगत अस्पष्टताका कारण सहकारी सङ्कटग्रस्त भएको जिकिर गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव लीलामणि पोख्रेलले कार्यपत्र प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई लयमा ल्याउन संस्थागत पुनःसंरचनाको विकल्प नरहेको बताउनुभयो ।

पार्टी सहकारी विभाग इन्चार्ज रहेका पोख्रेलले सहकारी ऐनलाई संशोधन गरी ४७ भन्दा बढी ऐन बनाउन बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कानुन फितलो हुनुको परिणाम सहकारीमा खुलेआम लुट मच्चिएको छ, अझ भनौँ कर्मचारीले घूस लिएर सेटिङमा यो क्षेत्र ध्वस्त पारेका छन् ।”

एमाले नेता तथा सो पार्टीका सहकारी विभाग इन्चार्ज खगराज अधिकारीले पोख्रेलको स्थानीय तहमा रहेका सहकारीहरुमा मात्रै समस्याभन्दा पनि केन्द्रीय सङ्घहरुमै समस्या रहेको बताउनुभयो ।

तलदेखि माथिसम्म तादाम्यता नमिल्नु पनि समस्याको मुख्य कारण भएको बताउँदै उहाले भन्नुभयो, “हाम्रोमा नियम मिच्नेमा केन्द्रीय सहकारी सङ्घ नै अग्र भागमा छन्, त्यति मात्रै हैन सहकारीहरुले एकले अर्कालाई सहयोग हैन, खुट्टा कसरी तान्ने भन्ने प्रवृत्ति हाबी छ ।” गण्डकी प्रदेश पूर्वमुख्यमन्त्री रहेका अधिकारीले ऋण लिने अनि नतिर्नेहरुलाई कडाभन्दा कडा दण्ड सजायको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले समय अभावकोे कारण उपस्थिति हुन नसके पनि सहकारी शुद्धीकरण अभियानमा आफू र आफ्नो पार्टीको ऐक्यबद्धता रहेको बताउनुभयो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

वि.सं.२०८३ असार १० बुधवार १२:२४

भोजपुर । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका...

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५५

काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र...

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५०

काठमाडौं । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा...

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

वि.सं.२०८३ असार ३ बुधवार १०:०१

काठमाडौं । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...