back
nactional

युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो 

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै किसानको रोजाइबाट बाहिरिन थालेको छ । बजार मूल्यमा हुने निरन्तर उतारचढाव, वन फँडानीसम्बन्धी कडाइ, उत्पादन लागत वृद्धि, श्रमिक अभाव तथा युवाको वैदेशिक पलायनजस्ता कारणले किसानले चिराइतो खेती छोड्दै अलैँची, अन्य कृषि बाली तथा वैकल्पिक पेशातर्फ आकर्षण देखाउन थालेका छन् ।

मिक्वाखोला गाउँपालिका—५ पापुङका तेन्जिङ शेर्पाले गत वर्ष २० मन चिराइतो उत्पादन गरे । यस वर्ष भने करिब तीन मन(१२०किलो) मात्र चिराइतो संकलन गरेका छन् । संकलन भएको चिराइतो समेत विक्री गरेका छैनन् ।

शेर्पाले विगत लामो समयदेखि चिराइतो खेती गर्दै आएपनि यस वर्षदेखि चिराइतो खेती गर्न छाडेर काठमाडौं बसाई सरेर गइसकेका छन् ।

विगतमा चिराइतो खेती गरेको किसान सोही वडाको सिम्बुक गाउँका २८ वर्षका पाण्डे शेर्पा अहिले चिराइतो खेती गर्न छाडेका छन् । चिराइतो खेती गर्नका लागि बनफडानी गर्नु पर्दछ । पछिल्लो समयमा वन फडानी गर्न रोक लागेसँगै चिराइतो खेती कमी हुन थालेको शेर्पाको भनाई छ ।

चिराइको बजार मूल्य उत्तारचढाव भइरहने भएकाले किसानहरुले खेती गर्न छाडेर अन्य वैकल्पिक खेतीतिर लागेका छन् । युवाहरु प्राय रोजगारीको खोजीमा गाउँ छाडेसंगै खेती गर्ने मान्छे नै नभएको शेर्पाले बताए ।

शेर्पाले भने,‘मेरा उमेर साथीहरु सबै अमेरिका र फ्रान्स पुकेका छन । गाउँ रुङ्गेर त भविष्य बन्दैन । गाउँ छाडेर बाहिर जान थालेका छन । गाउँमा अहिले युवा चार जना मात्र छौं । हामी पनि गाउँमा चौंरी याक विक्री नभएर मात्र हो, विक्री भए बाहिर जाने योजनामा छौ ।’ गाउँमा युवा नभएसंगै चिराइतो खेती गर्न छोडेका छन् ।

फक्ताङलुङ गाउँपालिका—६ किसङवा गाउँका केरसिं लिम्बू आठ वर्ष अगाडि जिल्लाकै धेरै चिराइतो उत्पादन गर्ने किसानको रुपमा चिनिन्थे । उनले ६० देखी ८० मन सम्म संकलन गर्थे । तर अहिले चिराइतो खेती गर्न छाडेर अलैँची खेती विस्तार गर्नु थालेका छन् । यी केही प्रतिनिधि पत्रहरुमात्र हुन । जिल्लामा पछिल्लो समयमा चिराइतो खेती गर्न गर्न छाड्नेको संख्या बढेको छ ।

पहाडी क्षेत्रको एक हजार ६०० देखि तीन हजार मिटरको उचाइमा चिराइतो हुन्छ । चिराइतो अनुसन्धानकर्ता डा.टीपी (टङ्क प्रसाद) वराकोटीका अनुसार नेपालको ६० वटा हिमाली तथा पहाडी जिल्लामा पाइन्छ ।

नेपालमा पाइने प्रजाती

नेपालमा स्वेर्सिया वंशका ३१ वटा रैथाने प्रजाति पाइन्छन् र व्यापारमा नौं प्रजाति मात्र आएका छन् । तिनीहरूमध्ये सबैभन्दा प्रभावकारी र ९० प्रतिकशत हिस्सा रहेको प्रजाति स्वेर्सिया चिराइतो हो ।

यो १–१.५ मिटर अग्लो, वनमारा जस्तो, बैजनी रंगको हुन्छ । पात लामा चौडा हुन्छन् । पहिलो वर्ष यो पाते अवस्थामा रही दोस्रो वर्ष डुकु र हाँगा लाग्ल्छ । यसमा हरियो–पहेँलो फूल र क्याप्सुल आकारका फल लाग्छन् । डाँठ, पात, जरा सबै तितो हुन्छ र औषधिमा प्रयोग गरिन्छ ।

स्वेर्सिया चिराइता उच्च आद्र्रता भएको, ओसिलो, मनसुन लामो समय रहने, कम तापक्रम हुने, हुस्सु–कुहिरो लाग्ने, प्राङ्गारिक पदार्थ पर्याप्त भएको मलिलो, अम्लिय, दुमट बलौटे माटोमा र रुखहरूको फाटफुट छायाँ पर्ने खोल्साखाल्सीको पाखामा राम्ररी हुर्कन्छ ।

चिराइतोको ऐतिहासिक, औषधिजन्य, आर्थिक, व्यापारिक आदि महत्व छ । आर्थिक हिसावले नेपालका महत्त्वपूर्ण १५० जडिबुटीमध्ये चिराइतो ‘टप फाइभ’ भित्र पर्छ । विश्व बजारको ५० प्रतिशत माग नेपाली चिराइताले पूरा गरेको छ ।

हिमालदेखि तराईसम्मका वासिन्दाले पुर्खौँदेखि ज्वरो, रुघाखोकी, झाडा–वान्ता आदि धेरै रोग उपचारका लागि चिराइतो प्रयोग गर्दै आएको पाइन्छ । यसबाट आयुर्वेदिक र आधुनिक औषधि बनाइन्छ ।

विषम ज्वरो, दम, कफ–पित्तविकार, शूल–ग्यास्ट्रिक, खोकी, सुन्निने, मधुमेह, घाउ–खटिरा, छालाको रोग र पेटको कीरा हटाउँछ । यी बाहेक पछि गरिएका अनुसन्धानहरूबाट चिराइतोले रुची बढाउने, रगत सफा गर्र्ने, रक्तचाप र मोटोपना घटाउने पाइएको छ । मुत्ररोग, पेट दुख्ने, पोल्ने, आँखा, टाउको दुख्ने, पित्त चढेकोमा उपयोगी छ । छालाका रोग निको पार्न मदत गर्छ । यसबाट उत्पादित टनिक, चूर्ण, झोल, क्याप्सुल एक दर्जन औषधि पाइन्छन् ।

सिँचाइ, गोडमेल, बेर्ना उत्पादन

यसको उत्पादन बढाउन नर्सरीमा बराबर ध्यान दिनुपर्छ । माटो सुक्न दिनुहुन्न, एकदुई दिन बिराएर हजारी वा स्प्रेएरले ठिक्क भिज्ने गरी पानी छर्नुपर्छ । झार सानो छँदैमा हप्तैपिच्छे उखेल्नुपर्छ । दुई–तीन हप्तामा बिउ उम्रन थाल्छ । पाँच हप्तामा छापो हटाईदनु पर्छ । सिँचाइ गर्ने, झार निकाल्ने काम चलिरहन्छ ।

एक वर्ग मिटरमा १–४ हजारसम्म वेर्ना उम्रेको पाइए पनि सरदरमा १२०० हुन्छ । बाक्लो ठाउँको वेर्नालाई अर्को व्याडमा वा प्लास्टिक थैलामा सार्न सकिन्छ । बेर्ना सडाउने ‘ड्याम्पिङ्ग अफ’ रोगको लक्षण देखिएमा ढुसीनासक विषादी छर्नुपर्छ ।

उत्पादनको तथ्यांक

डिभिजन वन कार्यालय ताप्लेजुङका तथ्यांक अनुसार विगत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला ताप्लेजुङमा छ हजार २० किलोग्राम चिराइतो निकासी भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा चिराइतो उत्पादनमा कमी आएको देखिन्छ ।

यस आर्थिक वर्षमा पाँच हजार ४०० किलोग्राम चिराइतो निकासी भएको थियो । त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा २० हजार ३२० किलोग्राम चिराइतो निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

२०८०/८१ देखि २०८२/८३ को जेठ सम्ममा ३१ लाख ७४० किलोग्राम निकासी भएको छ । सो परिमाण चिराइतो निकासी हुँदा पाँच लाख नौ हजार ४०० रुपैयाँ राजश्व संकलन भएको थियो ।

अर्थिक वर्ष २०८२/८३ मा मेची भन्सार कार्यालय काँकरभिट्टा झापाका अनुसार पाँच लाख १३ हजार ८६५ चिराइतो भारत निकासी भएको छ ।

सो वापत पाँच लाख १३ हजार ८६६ रुपैयाँ राजश्व संकलन भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिए । किसानहरु राम्रो आम्दानीको स्रोत तथा नेपालको अर्थतन्त्रको सुचक समेत बढाउने बहुउपयोगी जडिबुटी चिराइतो विस्तारै किसानले खेती गर्न छाडेका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: ४ हजार बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: ४ हजार बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन २५ सोमवार १७:०४

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब ४ हजार...

शिक्षक दिलबहादुरको कृषिकर्म : खोरियामा फुल्यो ‘ड्रागन’को सपना

शिक्षक दिलबहादुरको कृषिकर्म : खोरियामा फुल्यो ‘ड्रागन’को सपना

वि.सं.२०८३ साउन २४ आइतवार १२:३९

रामेछाप । दिनभरि विद्यालयको कक्षाकोठामा विद्यार्थीलाई पढाउने जिम्मेवारी । बिहान...

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१८

रौतहट । प्रकृतिकोे सानो कृपाको पर्खाइमा रहेका रौतहटका किसानमाथि दैवले...

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

वि.सं.२०८३ साउन २० बुधवार १६:१७

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो...

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०८

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति...

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४१

काठमाडौं । नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने...