बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार
वि.सं.२०८३ भदौ ४ बिहीवार
काठमाडौं । बर्जर पेन्ट्स नेपालले चाडपर्वलाई लक्षित गर्दै लोकप्रिय उपभोक्ता प्रवर्द्धन अभियान ‘रंग बहार’ सञ्चालनमा ल्याएको छ। ‘बर्जर रंग बहार, उपहारै उपहार, लक्की ड्रको बम्परमा Yamaha RayZR!’ नारासहित ल्याइएको अभियानमा ग्राहकले यामाहा RayZR 125 हाइब्रिड स्कुटरसहित ३६२ वटा आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
अभियानअन्तर्गत ६५ इन्चको 4K स्मार्ट टीभी, २५३ लिटरका दुई वटा फ्रिज, ८ किलोका तीन वटा वासिङ मेसिन र पाँच वटा माइक्रोवेभ ओभनलगायतका उपहार रहेका छन्। साथै, 2-in-1 कुकटप, एयर फ्रायर, ब्लेन्डर, स्ट्यान्ड फ्यान, स्टिमर, हेयर ड्रायर र टोस्टर पनि उपहारमा समावेश छन्।
अभियानमा सहभागी हुन ग्राहकले भ्याटसहित न्यूनतम रु. १ लाख बराबरको बर्जर पेन्ट्स खरिद गर्नुपर्नेछ। यसमा तोकिएका प्रिमियम उत्पादनमध्ये न्यूनतम १२० लिटर खरिद अनिवार्य गरिएको छ।अभियानमा WeatherCoat Long Life, WeatherCoat All Guard Flexo, WeatherCoat All Guard, Silk Glamor Glow, Silk Luxury, Roof Kool & Seal, Damp Shield Elasto तथा Seal O Prime लगायतका उत्पादन समावेश छन्।
बर्जर पेन्ट्सले ‘रंग बहार’ अभियानमार्फत घरलाई नयाँ र आकर्षक रूप दिने ग्राहकको अनुभवलाई थप उत्साहपूर्ण बनाउने उद्देश्य राखेको जनाएको छ।अभियानको विस्तृत जानकारी, योग्यता तथा नियम–शर्तका लागि बर्जर पेन्ट्सका आधिकारिक माध्यम वा नजिकैको आधिकारिक डिलरसँग सम्पर्क गर्न सकिनेछ।
प्रकाशित समय : १६:०० बजे





















