back

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

रौतहट । प्रकृतिकोे सानो कृपाको पर्खाइमा रहेका रौतहटका किसानमाथि दैवले ठूलो बज्रपात प्रहार गरेको छ। विगत केही दिनदेखि परेको अविरल र मुसलधारे वर्षाका कारण जिल्लाभरिका धान खेतहरू हेर्दाहेर्दै विशाल जलाशयमा परिणत भएका छन्। नदी, पोखरी र स्थानीय जलाशय आसपासका उर्वर भूमिहरू मात्र होइन, जिल्लाका १८ वटै स्थानीय तहमा भर्खरै रोपिएका हरिया धानका गाँजहरू अहिले धमिलो पानीमुनि पुरिएका छन्। महिनौँको कडा श्रम, पसिना र ऋण गरेर किनेको मल–बीउको लगानी आँखाकै अगाडि पानीमा बगेर जाँदा जिल्लाका किसानहरू अहिले पीडामा छन्।

धान खेतमा पानीको उचित निकास नहुँदा बाढीको पानी महिनौँको मेहनतमाथि जमेर बसेको छ। खेतहरू ताल जस्तै बनेपछि भर्खरै जरा हाल्दै गरेका धानका बिरुवाहरू पानीभित्रै कुहिन थालेका छन्।

आफ्नो ५ बिघाभन्दा बढी क्षेत्रमा लगाइएको धान खेती पूर्ण रूपमा डुबेको हेर्दै वृन्दावन नगरपालिकाका पीडित किसान कृष्ण देव पटेल भक्कानिन्छन्। आँखाभरि आँसु पार्दै उनले आफ्नो सास्ती पोखे, ‘दिनरात नभनी, घामपानी नभनी हिलोमा पसिना बगाएर धान रोपियो। पानीले सबै सखाप पारिदियो। अब परिवार कसरी पाल्ने।’

वृन्दावन नगरपालिकाका अधिकांश क्षेत्रमा यो समस्या विकराल बनेको छ। किसानहरूको यो चित्कार सुनेपछि नगर प्रमुख विनोद कुर्मी आफैँ डोजर लिएर पानीको निकास खोल्न खेतबारीमा खटिएका छन। किसानको यो गम्भीर मर्काप्रति संवेदनशील बन्दै नगर प्रमुख कुर्मीले भने, ‘किसान दाजुभाइको यो पीडा मेरो आफ्नै पीडा हो। खेतबाट पानी निकाल्ने हरसम्भव प्रयास गरिरहेका छौँ। यो बेलामा किसानलाई राहत र क्षतिपूर्ति दिने विषयमा कार्यपालिकाको बैठकमा विशेष छलफल गरी ठोस निर्णय लिनेछौँ।’

यता कृषि ज्ञान केन्द्र, गौरका अनुसार भारी वर्षा र डुबानका कारण जिल्लाका अधिकांश धान खेतहरू कामै नलाग्ने गरी नष्ट भइसकेका छन्। हरियाली छाउनुपर्ने खेतहरू अहिले बगर र हिलोको थुप्रोमा बदलिएका छन्। ज्ञान केन्द्रले जिल्लाका प्रायः सबै पालिकामा धान खेत डुवानको साझा समस्या रहेको र हाल कुन पालिकामा कति क्षति भयो भन्नेबारे विस्तृत तथ्याङ्क सङ्कलन भइरहेको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार किसानहरूको करोडौँको लगानी डुबेको छ, जसले गर्दा यस वर्ष जिल्लामा धान उत्पादनमा निकै ठूलो गिरावट आउने र खाद्य सङ्कट निम्तिने खतरा बढेको छ।

वर्षभरि खाने अन्न र परिवारको जीविकोपार्जनको एकमात्र स्रोत मानिएको धान खेती यसरी नष्ट भएपछि किसान परिवारको मर्कामा परेको छ। सरकार र सरोकारवाला निकायले तत्कालै राहत, बिमा र आगामी दिनका लागि विकल्प नल्याए किसानहरू धान खेतीबाट पनि बिस्थापित हुने अवस्था आउने निश्चित छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

वि.सं.२०८३ साउन २० बुधवार १६:१७

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो...

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०८

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति...

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४१

काठमाडौं । नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने...

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

वि.सं.२०८३ साउन १४ बिहीवार १०:०१

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना...

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

वि.सं.२०८३ साउन १३ बुधवार १३:२२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका...

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता, साउनदेखि कान्तिपुर र गोरखाको भुक्तानी सुरु

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता, साउनदेखि कान्तिपुर र गोरखाको भुक्तानी सुरु

वि.सं.२०८३ साउन १२ मंगलवार १६:०१

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न...