back

डोङफेङको ‘नामी ०१’ नेपाल ल्याउँदै एमएडब्लू वृद्धि अटोकर्प, के के छन् विशेषता ?

काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्प प्रालि चिनियाँ सवारी उत्पादक समूह डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक बनेको छ ।

आधिकारिक वितरक बनेसँगै एमएडब्लूले कम्पनीको पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन ‘नामी ०१’ विद्युतीय कार नेपाली बजारमा भित्र्याउने भएको छ ।

प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी ०१ मा ४०३०र१८१०१५७० एमएम डाइमेन्सन, २६६० एमएम ह्विलबेस, १७६ एमएम ग्राउन्ड क्लियरेन्स र स्टाइलिस आर१७ ह्विल रहेको छ ।

यसमा भएका सेगमेन्ट फर्स्ट फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ क्षमतायुक्त इनोभेटिभ टेक्नोलोजी र डिजाइनले गाडीलाई अन्यभन्दा फरक देखाएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार पाँच जना आरामले बस्न मिल्ने यो कार ७ रङमा उपलब्ध छ । जसमध्ये चार सिंगल कलर र तीन ड्युअल टोन कम्बिनेसनमा उपलब्ध छ । ककपिटमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, टु-स्पोक मल्टी-फङ्सनल स्टेयरिङ ह्विल र १२.८ इन्चको सेन्ट्रल स्क्रिन रहेको र त्यसमा मोबाइल रिमोट कन्ट्रोल र ओभर-द-एयर अपडेट उपलब्ध छ ।

४२.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक भएको नामी ०१ ले एनईडीसी साइकल अनुसार ४३० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । डीसी चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

एमएडब्लु वृद्धि एमएडब्लु ग्रुप अन्तर्गतको कम्पनी हो । एमएडब्लु ग्रुपअन्तर्गत चांगान, फोटोन, सेरेस, जेसीबी, स्कोडा, जिप, आइसर, यामाहा लगायत कमर्सियल र प्यासेन्जर सेगमेन्टका २० भन्दा बढी ब्रान्ड उपलब्ध छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पल्सरको २५ वर्ष: ‘My Pulsar Story’ अभियान सुरु, नेपाली राइडरलाई NS400Z जित्ने अवसर

पल्सरको २५ वर्ष: ‘My Pulsar Story’ अभियान सुरु, नेपाली राइडरलाई NS400Z जित्ने अवसर

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं । बजाजले पल्सर मोटरसाइकलको २५ वर्षे यात्रा विशेष बनाउँदै...

यामाहा नेपालका साझेदार थाइल्याण्ड भ्रमणबाट स्वदेश फर्किए, ‘ब्लू सर्ज–पावरिंग अहेड टुगेदर’ मा उत्कृष्ट डिलर सम्मानित

यामाहा नेपालका साझेदार थाइल्याण्ड भ्रमणबाट स्वदेश फर्किए, ‘ब्लू सर्ज–पावरिंग अहेड टुगेदर’ मा उत्कृष्ट डिलर सम्मानित

वि.सं.२०८३ साउन २० बुधवार १८:२७

काठमाडौं । यामाहा नेपालले ‘ब्लू सर्ज–पावरिंग अहेड टुगेदर पार्टनर्स मीट...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २० बुधवार ०९:११

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो...

नेपाल आइपुग्यो अत्याधुनिक ‘लिपमोटर बी ०३ एक्स’ इभी, छिट्टै सार्वजनिक गरिने

नेपाल आइपुग्यो अत्याधुनिक ‘लिपमोटर बी ०३ एक्स’ इभी, छिट्टै सार्वजनिक गरिने

वि.सं.२०८३ साउन १८ सोमवार १५:०१

काठमाडौं । नेपालका निम्ति लिपमोटरको एक मात्र आधिकारिक वितरक सांग्रिला...

पूर्वी नेपालका हिंसात्मक घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल

पूर्वी नेपालका हिंसात्मक घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०३

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी...

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४९

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको...