back

महुली लघुवित्तको खुद नाफा झण्डै ११ करोड रुपैयाँ, हेर्नुहोस् अन्य सूचक कस्तो छ ?

काठमाडौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफामा सुधार देखिएको छ ।

असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद नाफा १०.७४ प्रतिशतले बढेर १० करोड ८५ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा भने ९ करोड ८० लाख ४७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउदा खुद नाफामा समेत सुधार देखा परेको हो । सो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.५० प्रतिशतले बढेर २८ करोड ४१ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिमा भने लघुवित्तको खुद ब्याज आम्दानी २३ करोड ७८ लाख ११ हजार रुपैयाँ आर्जन गरेको थियो । चौथो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफा २५.७८ प्रतिशतले बढेर १७ करोड २३ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २६ प्रतिशतले बढेर २८ करोड २१ लाख ६९ हजार रुपैयाँ, जगेडा कोष १७.८२ प्रतिशतले बढेर २९ करोड २२ लाख १६ हजार रुपैयाँ, सापटी ४४.९९ प्रतिशतले बढेर २ अर्ब २५ करोड ७० लाख ७० हजार रुपैयाँ, निक्षेप संकलन २७.१५ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ५ लाख ८४ हजार रुपैयाँ, कर्जा लगानी ३८. ३४ प्रतिशतले बढेर ४ अर्ब ४६ करोड ६५ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ ।

महुलीको प्रतिसेयर आम्दानी भने घटेको छ ।

अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा (वार्षिक) रहेकामा अहिले घटेर ३८ रुपैयाँ ४८ पैसा (वार्षिक) मा आएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५३ पैसा छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...