राष्ट्रबैंकले कर्जाको लक्ष्य घटायो
वि.सं.२०७९ साउन ६ शुक्रवार
काठमाडौं । बैंकले कर्जाको लक्ष्य १९ प्रतिशतको लक्ष्यबाट घटेर राष्ट्र बैंकले १२.६ प्रतिशतमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।
कर्जा बृद्धिभन्दा पनि कर्जालाई उत्पानमूलक क्षेत्रमा लगाउन प्राथमिकता दिइने बताएका छन्। उनले कोभिडका सुविधा कटौती गरी अतिआवश्यकलाई मात्र पुनर्कर्जा दिने बताए ।
प्रकाशित समय : १६:५३ बजे





















