back

वाई सिरिजअन्तर्गत–वाई५५ सार्वजनिक गर्ने तयारीमा भिभो,केके छन् विशेषताहरु?

काडमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई५५ यहीँ ११ असार गते सार्वजनिक हुने घोषणा गरेको छ ।

यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्ती जस्तै, वाई५५ पनि उच्च विशेषताहरु भएको एक सूलभ उपकरण हो ।

वाई ५५ भिभोको विश्वप्रसिद्ध फ्युचरिस्टिक तर सुरुचिपूर्ण डिजाइन भएको नवीनतम उपकरण हो जसले प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ । यसलाई विशेष ब्याट्री शक्ति, क्यामेरा क्षमता र उच्च प्रदर्शनद्वारा प्रतिस्पर्धामा अगाडि रहन डिजाइन गरिएको छ ।

वाई५५ मा ५०००एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिन्छ । साथै, यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प हुन् सक्छ ।

शक्तिशाली पर्फमेन्शका लागि वाई५५ मा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । यसले बहु–कार्यलाई सजिलो बनाउनेछ ।

यसबाहेक, यस उपकरणलाई थप उपयुक्त बनाउन, भिभोले रियर फिंगरप्रिन्ट स्क्यानरको सट्टा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र रुप–रंग बढाउँछ र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

यस उपकरणमा ५० एमपी एचडी रियर क्यामेरा तथा १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसबाट आर्कषक फोटोहरु लिन सकिन्छ साथै यसले फोटोग्राफीको अनुभवलाई वृद्धि गर्नेछ । यो फोनको मूल्य भने सार्वजनिक भएको छैन ।

nactional life
Corporatebazar 11 Anniversary

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:५३

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी...

पोखरा महाधिवेशनको पूर्वसन्ध्यामा सिटौलाको गर्जन: ‘अब पद धान्ने होइन, परिवर्तनको नेतृत्व गर्ने टोली चाहिन्छ’

पोखरा महाधिवेशनको पूर्वसन्ध्यामा सिटौलाको गर्जन: ‘अब पद धान्ने होइन, परिवर्तनको नेतृत्व गर्ने टोली चाहिन्छ’

वि.सं.२०८३ वैशाख २७ आइतवार १४:०१

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन...

एक अर्ब १२ करोड लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम

एक अर्ब १२ करोड लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०९

बाँके । ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण...

निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने

निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १४:५३

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण सुरु भएको ४६ मेगावाटको भोटेकोशी–५...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

वि.सं.२०८३ वैशाख २४ बिहीवार १८:२५

काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत लगानीका...

सिटी होटलको संस्थापक शेयर बिक्री सम्बन्धी समाचार भ्रमपूर्ण, कानुनी उपचारमा जाने चेतावनी

सिटी होटलको संस्थापक शेयर बिक्री सम्बन्धी समाचार भ्रमपूर्ण, कानुनी उपचारमा जाने चेतावनी

वि.सं.२०८३ वैशाख २३ बुधवार १८:५९

काठमाडौँ । सिटी होटल लिमिटेडले पछिल्लो समय बजारमा फैलाइएको संस्थापक समूहको...