back
Naima

सिटी होटलको संस्थापक शेयर बिक्री सम्बन्धी समाचार भ्रमपूर्ण, कानुनी उपचारमा जाने चेतावनी

काठमाडौँ । सिटी होटल लिमिटेडले पछिल्लो समय बजारमा फैलाइएको संस्थापक समूहको शेयर बिक्री सम्बन्धी समाचारहरू पूर्णतः गलत, भ्रामक र तथ्यहीन रहेको स्पष्ट पारेको छ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले आफूविरुद्ध नियोजित रूपमा अफवाह फैलाइएको भन्दै त्यसको खण्डन गरेको हो।

शेयर ‘लकइन’ मै रहेको प्रमाण

कम्पनीका सचिव सुन्दरबहादुर सेनीद्वारा जारी विज्ञप्तिमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) को आधिकारिक विवरणलाई मुख्य प्रमाणका रूपमा प्रस्तुत गरिएको छ। सिडिएससीको अद्यावधिक विवरण अनुसार कम्पनीका संस्थापक र कर्मचारी समूहका सम्पूर्ण २ करोड ७२ लाख १९ हजार ३२८ कित्ता शेयरहरू २०८३ जेठ ४ गतेसम्म ‘लक–इन’ अवधिमा रहेका छन्।

“हाल कम्पनीको लकइनमा रहेको शेयर कुल जारी शेयरको ९०.४० प्रतिशत रहेको छ। सिडिएससीको आधिकारिक विवरणले नै कम्पनीको संस्थापक समूहको शेयर नियमानुसार सुरक्षित रहेको र यसमा कुनै पनि कैफियत नरहेको प्रमाणित गर्दछ।”

हकप्रद र लिलाम प्रक्रिया पारदर्शी

सिटी होटलले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई साविक शेयरधनीहरूका लागि हकप्रद शेयर जारी गरेको थियो। सो क्रममा बिक्री नभई बाँकी रहेका शेयरहरू ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ को निर्देशन नं. १५ बमोजिम लिलाम बढाबढमार्फत बिक्री गरिएको कम्पनीले जनाएको छ।

लिलाम प्रक्रियाका बारेमा स्पष्ट पार्दै कम्पनीले भनेको छ— “लगानीकर्ताहरूले आ–आफ्नो मूल्याङ्कनका आधारमा न्यूनतम अङ्कित मूल्य रु. १०० भन्दा माथि बोलकबोल गरी शेयर खरिद गर्नुभएको हो। लिलाम पूर्व २०८२ कात्तिक १६ मा प्रकाशित सूचनामै संस्थापक तथा कर्मचारीतर्फका शेयरहरू २०८३ जेठ ४ सम्म लकइनमा रहने कुरा स्पष्ट उल्लेख गरिएको थियो।”

कानुनी कारबाहीको तयारी

नियमसंगत रूपमा कार्य गर्दागर्दै पनि कम्पनी र पदाधिकारीहरूको छवि धुमिल बनाउने उद्देश्यले आधारहीन समाचार सम्प्रेषण गरिएकोमा सिटी होटलले गम्भीर आपत्ति जनाएको छ। यस्ता भ्रामक कार्यमा संलग्न व्यक्ति वा संस्थाहरू विरुद्ध कम्पनीले आवश्यक कानुनी कारबाही अगाडि बढाउने निर्णय समेत गरेको छ।

कम्पनीले आफ्ना लगानीकर्ता तथा सरोकारवालाहरूलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न र भ्रममा नपर्न आग्रह गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार ०९:५२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दुग्ध...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुलाइने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुलाइने

वि.सं.२०८३ साउन २५ सोमवार १२:२०

काठमाडौं । सडक विभागले नागढुंगा सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि...

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

वि.सं.२०८३ साउन २५ सोमवार ११:१७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य समान्य घटेको छ भने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २५ सोमवार ०९:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको...