back
himalayan life

ठूला ६ वटा लघुवित्तलाई यही वर्षदेखि एनएफआरएस लागू गर्न आग्रह

काठमाडौं । बैंक तथा वित्तिय संस्थाको नियमक निकाय नेपाल राष्ट्र बैंकले ठूला लघुवित्त कम्पनीहरुलाई नेपाल लेखा प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण प्रकाशन गर्न आग्रह गरेको छ । केन्द्रिय बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत् नै थोक कर्जा प्रवाह गर्ने र सर्वसाधारणसँग निक्षेप स्वीकार गर्ने लघुवित्त कम्पनीहरुलाई एनएफआरएस ढाँचामा समेत वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको थियो ।

आगामी असार मसान्तको प्रतिवेदन तयार पार्दा पुरानो प्रणाली र नयाँ एनएफआरएस प्रणाली दुबै विधीबाट वित्तीय विवरण बनाउनुपर्ने राष्ट्र बैंकले बताएको छ । तुलनायोग्य तथ्यांक तयार पार्नका लागि पहिले वर्ष दुबै विधीबाट लेखांकन गर्नुपर्ने हुन्छ । त्यसपछिका वर्षमा भने यी संस्थाले एनएफआरएस अनुसारमात्रै प्रतिवेदन तयार गर्दा हुन्छ ।

अहिले सञ्चालनमा रहेका ७६ लघुवित्त कम्पनीमध्ये तत्कालका लागि ६ वटा कम्पनीलाई मात्रै यो नियम लागू हुन्छ । आरएमडीसी लघुवित्त, सानाकिसान लघुवित्त, फस्ट फाइक्रोफाइनान्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले थोक कर्जा प्रवाह गर्दै आएका छन् ।

त्यस्तै निर्धनउत्थान लघुवित्त र छिमेक लघुवित्तले सर्वसाधारणबाट निक्षेप संकलन गर्छन् । यस बाहेकका लघुवित्त कम्पनीलाई भने यो वर्षको वित्तीय विवरण तयार पार्दा एनएफआरएस लागू गर्नुपर्ने बाध्यता रहँदैन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...