back

विमानस्थलको सुरक्षामा लापरबाही : बिनापासपोर्ट र टिकटका व्यक्ति कसरी चढे कतार जाने विमान?

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा लापरबाही भएको एक घटना बाहिरिएको छ।

पासपोर्ट र टिकट समेत नभएका व्यक्ति दर्जनौं प्रहरी र अध्यागमनको चेकपोष्ट छल्दै कतार जाने विमानमा चढेको पाइएको हो।

घटना फागुन ९ गते राति पौन ११ बजेतिरको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा जान लागेको नेपाल वायुसेवा निगमको जहाजमा एक युवक चढेका थिए तर विमानका कर्मचारीले उनको कागजात जाँच गर्ने क्रममा पोसपोर्ट, टिकट समेत नपाइएपछि विमानस्थल सुरक्षामा चरम लापरबाही भएको पाइएको थियो।

ती युवकलाई कागजात नभेटिएपछि विमानबाट झारिएको थियो। यसरी बिना कागजात विमानसम्म पुगेर कतार उड्न लागेको जहाज चढ्ने व्यक्ति रौतहटका १८ वर्षीय हस्पम आलम थिए।

यसरी बिना कागजात विमानमा चढेको यो पहिलो घटना भने होइन। करिब एक महिना अघि पनि उनी यसैगरी विमानमा चढेका थिए। यसले विमानस्थल सुरक्षामा लापरबाही रहेको देखिएको छ।

सुरक्षाकर्मीको घेरो छल्दै विमानमा चढेका आलमलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त गौशलामा राखेर अनुसन्धान सुरु गरिएको छ। आलमको मानसिक अवस्था ठीक नभएको प्रहरी स्रोतले भनेको छ ।

ति युवक काटेश्वरतर्फको बारबाट प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ। विमानस्थलको बाहिरी पेरिमिटरको सुरक्षा जिम्मा सेनाको भएकाले सेनाकै कमजोरीका कारण ती युवक विमानसम्म पुगेको प्रहरीको आरोप छ।

 

nactional life
Corporatebazar 11 Anniversary

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:१९

काठमाडौँ । यस साता धितोपत्र बजार (नेप्से) मा खासै ठूलो...

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:४७

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन...

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:१७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा...

२०८२ को नेपाली अर्थतन्त्र : राजनीतिक उथलपुथल र महँगीको चक्रव्यूहमा रुमल्लिएको वर्ष

२०८२ को नेपाली अर्थतन्त्र : राजनीतिक उथलपुथल र महँगीको चक्रव्यूहमा रुमल्लिएको वर्ष

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:५८

काठमाडौं । नेपाली पात्रोअनुसार २०८२ साल बिदा भई २०८३ सालको...

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

वि.सं.२०८२ चैत ३० सोमवार १७:२०

नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती...

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

वि.सं.२०८२ चैत ३० सोमवार १५:३२

काठमाडौं । पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै...