back

लक्ष्मी बैंकको १४२औँ शाखा भक्तपुर कमलविनायकमा

काठमाडौ। लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १४२औँ शाखा भक्तपुर जिल्लाको सोही नगरपालिकाको वडा न. १० को कमलविनायकमा सञ्चालनमा ल्याएकोे छ।

यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएम, २५ सयभन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोनमार्फत बैंकिङ्ग सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।


एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:१६

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:०८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:४८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आज वैशाख १२ गते...

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...