back

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट भोलि

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार बुधबार प्रिअलटमेन्टको कार्य सकिएको छ ।

भोलि बिहीबार ३ बजे लघुवित्तको आईपीओ बाँडफाँट गरिने क्यापिटलले जनाएको छ ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २६ लाख २६ हजार ९० जना आवेदकले ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । यो माग गरेको भन्दा ३८ गुणा बढी हो ।

राष्ट्र उत्थान लघुवित्तले सर्वसाधारणका लागि फागुन ४ गते बुधबारदेखि फागसन ८ गतेसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको छ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४९ हजार ४५० जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाउने छन् । बाँकी आवेदनकको हात रित्तो हुने छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।

 

 


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

वि.सं.२०८१ चैत १ शुक्रवार ११:०२

काठमाडौं । आज शुक्रबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ...

७ दिनपछि बढ्यो नेप्से, कति भयो कारोबार ?

७ दिनपछि बढ्यो नेप्से, कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २८ बुधवार १५:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २७ मंगलवार १५:२६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

आजदेखि ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिन सकिने

आजदेखि ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिन सकिने

वि.सं.२०८१ फागुन २७ मंगलवार ०९:०७

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (फागुन २७) गतेदेखि...