नेप्सेमा सामान्य गिरावट, ८९ कम्पनीका लगानीकर्ताले कमाए
वि.सं.२०७८ मंसिर १४ मंगलवार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार आज सेयर बजारमा सामान्य करेक्सन आएको छ । आज नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ बिन्दूमा कायम भएको हो ।
यो दिन ८९ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ८६ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । त्यसैगरी यो दिन १४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
यद्यपी आज कारोबारमा आएका २२५ स्क्रिप्टहरुको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार बराबरको कारोबार भएको छ ।
त्यसैगरी याये दिन समालिङ्ग पावर कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । त्यसैगरी अघिल्लो दिन सर्किट लागेको न्यादी हाईड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
प्रकाशित समय : १५:२४ बजे





















