back

एशियन इन्स्योरेन्स र खल्तीबिच सेवा प्रवाह सम्बन्धमा सझौता

काठमाण्डौ। अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट सीधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०४९ बमोजिम बीमा समिति (नेपाल बीमा नियामक प्राधिकरण) बाट २०६४ फाल्गुन १५, मा आफ्नो सञ्चालन अनुमतिपत्र प्राप्त गरी २०६४ चैत्र २१ मा काम गर्न थाल्यो। कम्पनीले देशव्यापी रुपमा १४० शाखा सञ्जालमार्फत राष्ट्रको सेवा गरिरहेको छ।

यो सुविधा कार्यान्वयनमा आएसँगै अब एशियन लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ।

‘हामीले देखिरहेका छौँ कि कसरी संसार नगदबाट नगदरहित सिस्टममा परिवर्तन हुँदैछ। हामी विश्वास गर्छौं कि ‘खल्ती’ सेवामार्फत ग्राहकले आफ्नो बीमा प्रिमियम अनलाइन तिरेर बहुमूल्य समय बचाउन सक्नेछन्’, खल्तीको मर्चेन्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले भनिन्।

एशियन लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ(

‘खल्ती’ एप लग-इन गरी ‘इन्स्योरेन्स’ आइकनमा ट्याप गर्ने
‘एशियन लाइफ इन्स्योरेन्स’ सेलेक्ट गर्ने
‘DOB’ र ‘Policy Number’  भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
अब सम्पूर्ण विवरण दाखिला गरी ‘प्रोसिड टु पेु मा क्लिक गर्ने
५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।

२० लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको ‘खल्ती’ ले विगत ४ वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको छ। ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ।

nactional life
Corporatebazar 11 Anniversary

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...