back

राष्ट्र बैंकद्धारा घरजग्गा मूल्य सूचकाङ्क प्रतिवेदन सार्वजनिक

nactional life

काठमाडौँ। नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सूचकाङ्क प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले एक कार्यक्रमको आयोजना गर्दै पहिलो पटक उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

घरजग्गाको मूल्यमा भइरहने उतारचढाव मापन गर्न राष्ट्र बैंकले हरेक तीन महिनामा नयाँ मूल्य सूचकाङ्क सार्वजनिक गर्ने गर्ने गरी सूचकांक निर्माण गरेको हो ।

राष्ट्र बैंकले घरजग्गा सूचकांक निर्माणका लागि नीतिगत व्यवस्था तथा विधि प्रक्रिया तय गरेको हो । उक्त विधि प्रक्रिया अनुसार राष्ट्र बैंकले पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सार्वजनिक गरेको हो । घरजग्गाको मूल्यमा आएको उतारचढाव र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव मूल्यांकन गर्न सूचकांक तयार पारेको हो । यसरी प्राप्त हुने घरजम्गा मूल्य सूचाङ्क त्रैमासिक रुपमा नियमित प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ । सार्वजनिक कार्यक्रममा प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेका थिए ।

घरजग्गा मूल्य सूचकाङ्क निर्माण लागि आवश्यक तथ्याङ्क तथा सूचना एवम् सोको पहिचान गर्ने, नेपालको सन्दर्भमा उपयुक्त विधि निक्र्यौल गर्ने र घरजग्गा मूल्य सूचकाङ्क निर्माण गर्ने यसका उद्देश्य रहेका छन् ।

आर्थिक अनुसन्धान विभाग हेर्ने डेपुटी गभर्नरको संयोजकत्वमा ५ सदस्यीय “उच्चस्तरीय निर्देशन समिति” तथा प्राविधिक सल्लाह दिन अनुसन्धान विभागका मूल्य डिभिजन हेर्ने निर्देशकको संयोजकत्वमा ५ सदस्यीय “प्राविधिक उप–समिति” गठन गरिने छ ।

सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा देशभरका मालपोत कार्यालयहरुमा आर्थिक बर्ष २०७४–७५ मा घरजग्गा रजिष्ट्रेशन पारित भएको कूल कारोबार संस्ख्या ५ लाख ५७ हजार ७३२(घरजग्गा तथा घर निर्माण नभएकोसमेत) मानी घरजग्गा मूल्य सर्वेक्षण सञ्चालन गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...