back
himalayan life

प्रोफेसनल डक्टरल सर्टिफिकेटबाट अध्यक्ष सुबोधकुमार गुप्ता सम्मानित

काठमाडौँ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित गरेको छ । सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा सुबोधकुमार गुप्तालाई युनिभरसिटीले भव्य समारोहका बीच सम्मान गरेको हो ।

उनले वर्षौदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानका फलस्वरुप युरोपियन इन्टरनेशनल युनिभरसिटीको मोनिटरिङ्ग बोर्डले सुबोधकुमार गुप्तालाई “प्रोफेसनल डक्टरल सर्टिफिकेट” दिने निर्णय गरिएको हो ।

बारा–पर्साका नीजिक्षेत्रका छाता संगठन वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षका हैसियतले सुबोधकुमार गुप्ताले प्राप्त गर्नु भएको यस किसिमको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित सम्मान वहाँको लागि मात्र नभई वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र बारा–पर्साका सम्पूर्ण उद्योगी व्यवसायीको लागि गौरवको बिषय भएको छ । साथै सुवोध कुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष भएको नाताले राष्ट्रका सम्पूर्ण उद्यमी व्यवसायीको लागि यो सम्मान महत्वको बिषय बनेको छ ।

नेपालको जिल्ला नगर उद्योग वाणिज्य सङ्घ क्षेत्रबाट अध्यक्षको हैसियतले उल्लेखित सम्मान ग्रहण गर्ने सुवोध कुमार गुप्ता पहिलो व्यक्तित्व हुनुहुन्छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री सुबोधकुमार गुप्तालाई यस किसिमको अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएकोमा युरोपियन इन्टरनेशनल युनिभरसिटी प्रति सङ्घ हार्दिक आभार व्यक्त गर्दछ ।

उहाँले आफ्नो व्यापार, व्यवसायको अलावा सामाजिक सेवा, संस्थागत तथा आर्थिक विकासका लागि विभिन्न सामाजिक एवम् व्यावसायिक सङ्घ–संस्थाहरुमा आबद्ध रही नेपालको उद्योग, व्यापारको प्रबद्र्धनका निमित्त विगत २ दशकदेखि निर्वाह गरेको नेतृत्वदायी भूमिकाका फलस्वरुप उनले यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएका हुन् ।

सुबोधकुमार गुप्ता वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य, नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्षका साथै नेउवामहासङ्घ–बैंकिङ्ग, फाइनान्स एण्ड इन्स्योरेन्स कमिटीका उप–सभापति, नेउवामहासङ्घ–प्रदेश नं. २, नेपाल रेल्वे माध्यमिक विद्यालय, वीरगञ्ज र नेपाल रेडक्रस सोसाइटी, पर्साका सल्लाहकारको रुपमा हाल पनि सक्रिय रुपमा आफ्नो भूमिका निर्वाह गरेका छन् ।

उनलाई लायन्स क्लब इन्टरनेशनल, अञ्चल प्रहरी कार्यालय नारायणी, राष्ट्रिय सरोकार मञ्च नेपाल, उद्योग वाणिज्य सङ्घ–सिमरा, नागरिक सरोकार सेवा समाज सुधार समिति, नेपाल हिमालय सिमापार वाणिज्य सङ्घ, सानो पाइला, मानव सेवा आश्रम, नेपाल युवा उद्यमी मञ्च, निर्यात व्यवसायी महासङ्घ नेपाल लगायत विभिन्न सङ्घसंस्थाहरुले विभिन्न समयमा सम्मानित गरेका छन् ।

२०७८ असोज १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...