back

टाटाले भित्र्यायो ३४ लाख पर्ने नयाँ गाडी, टेस्ट ड्राइभिङका लागि देशभर उपलब्ध

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ गाडी ‘एनआरजी’ भित्र्याएको छ । १२०० सिसिको इन्जिन क्षमताको यो गाडी नेपाल भित्र्याउने वित्तिकै टेस्ट ड्राइभका लागि सिप्रदीका नेपालभर रहेका शोरुममा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

गाडीका बाहिरी बनावट बलियो र ग्राउण्ड क्लियरेन्स उच्च रहेको कम्पनीले जनाएको छ । यसको सुरुवाति मूल्य ३३ लाख ७५ हजार रुपैयाँ छ । सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो ह्वाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै टाटाका प्यासेन्जर भेइकल इन्टरनेसनल विजनेश हेड मायङ्क बाल्डीले ह्याचब्याक मोडेलमा पनि एसयूभीजस्तै विशेषताहरु प्राप्त गर्न चाहनेका लागि यो गाडी अत्यन्त उपयोगी हुने बताए । उनले भने, ‘स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरुको मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।’

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एनआरजी नेपाली बजारको लागि एक विल्कुलै नयाँ र विशेष गाडी भएको भन्दै नेपाली ग्राहक माझ उत्कृष्टभन्दा उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि सदैव प्रतिवद्ध रहेको जानकारी दिए ।

पुस स्टार्ट बटन, रिएर पार्किङ्ग क्यामरा र अटो फोल्ड ओआरभीएमजस्ता विशेषताहरुले यसको आकर्षणमा नयाँ आयाम थपेको विज्ञप्तिमा उल्लेख छ । बलियो बाहिरी बनावट र स्पोर्टी भित्री बनावट भएको एनआरजीमा अप्ठ्यारा कच्ची सडकमा सुरक्षा र सहजताका साथ यात्रा गर्न सकिन्ने कम्पनीले जनाएको छ।

२०७८ असोज १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

वि.सं.२०८३ साउन ६ बुधवार ११:१३

रामेछाप । अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको...

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

वि.सं.२०८३ साउन ५ मंगलवार १४:४९

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...